चर्चित पत्रकार अपील त्रिपाठीको स्वास्थ्यमा समस्या आएको छ । उनको परिवारले एउटा पोस्ट गर्दै आफ्नो स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएको जानकारी दिएको छ ।
हेरौं उक्त पोस्ट:
एक्कासी स्वास्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना गरिएको छ | हिजो एउटा अप`रेशन समेत गरिएको छ | स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ |
( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

भ्रष्टाचार विरुद्ध दरो खरो उत्रिएका उनले केही दिन अघि यस्तो पोस्ट गर्दै ध्यानाकर्षण गराएका थिए :
४ महिना अगाडी, हामीले बिधुत प्राधिकरणको करोडौको सामान खरिद बारे प्रश्न उठाएका थियौ | त्यसपछी प्राधिकरणको केन्द्रीय कार्यालय देखी नै आफ्नो कर्तुत लुकाउने खेल खेलियो | अनि कोरोनाको दोश्रो लहर पनी आयो, फलोअप गर्न पाइएन |
तर हामीले बिर्सेका छैनौ, अब फेरी जिरो बाट शुरु हुन्छ | सोझो तरिकाले हिसाब नदिए, अदालत पनी जान्छु | बिधुत प्राधिकरणले मुद्दा लड्ने तयारी गरे हुन्छ |
प्रतिकृया दिनुहोस्