वैदेशिक रोजगार विभागले गत मंगलबार इजरायलको केयर गिभर रोजगारीका लागि आवेदन दिने सूचना जारी गरेपछि नेपालीहरुले फाराम भर्न थालेका छन् ।
वैदेशिक रोजगारीको मुख्य गन्तब्य रहेको इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने बताएको छ । जसमा महिला कामदार ७० प्रतिशत अर्थात ७ सय जना र पुरुष कामगार ३० प्रतिशत अर्थात ३ सय जनाले यो अवसर पाउने छन् ।
आवेदन दिने चाप उच्च भए पछि अनलाईन मार्फत आवेदन फाराम भर्न निकै समस्या भएको गुनासो आउन थालेको छ । धेरै रोजगार आकांक्षीहरूले अनलाइन`मार्फत आवेदन दिने प्रयास गरेपनि आवेदन पोर्टल खुल्न नसकेको बताएका छन् ।
तर विभागले झुक्किनु वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएको छ । विभागका सूचना प्रविधि शाखाका अनुसार विभागको वेब`साइटमा इजरायल रोज`गारीका लागि भनेर सूचना राखिएको र त्यहाँ क्लिक गर्यो भने त्यहीँबाट सजिलै आवेदन भर्न सकिनेछ ।
अनलाइन आवेदन दिँदा व्यक्तिगत जानकारी पर्सनल डिटेल मा गएर आफ्नो व्यक्तिगत जान|कारीहरू राखे`पछि क्रमशः आफ्नो शिक्षा, तालिम, फोटो, पासपोर्ट र नागरि`कता अपलोड गर्नुपर्नेछ ।
प्रणालीमा आफुले भरेका सबै विव`रणको प्रि–भ्यू हेर्न मिल्ने र त्यसमा इडिटको विकल्प पनि रहेकोले अघि भरिएका केही विवरण सच्या`उन पनि पाइने भएकाले असाव`धानी`बस गलत विवरण परेका भए`पनि सच्चाउन सकिने विभागले जनाएको छ ।
इजरायलको दीर्घ`कालीन स्याहार सेवा केन्द्रमा सहायक काम`दारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवे`दन दिन पाउँछन् । सरकारी तवरबाटै जाने काम`दारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । काम`दारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझा|उनु पर्छ ।
प्रतिकृया दिनुहोस्