Friday, September 17

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

August 3, 2021 508

सरकारले नेपाल विद्युत प्राधि`करणको कार्य`कारी निर्दे`शकमा कुलमान घिसिङ`लाई ल्याउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगल`बार मात्र प्राधिकरणका कार्य`कारी निर्देशक हितेन्द्र`देव शाक्य`लाई राजी`नामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

उनले बालु`वाटारमा प्रधानमन्त्री शेर`बहादुर देउवाकै उपस्थि`तिमा कार्य`कारी निर्देशक शाक्य`लाई बोलाएर राजीनामा मागेकी हुन् ।

कार्यकारी निर्दे`शक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजी`नामा नदिने निकट`वर्तीहरुसँग बताएका छन् ।

प्रधान`मन्त्रीको निजी सचि`वालयले भने शाक्य हटेपछि कुलमान घिसिङ`लाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्री`लाई निर्देशन दिइ`सकेको बताएको छ । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्