संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधि`ले पनि ११ महिनाकी बालिकालाई ब`चाउन सकेन ।
यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ`त्यु भएको छ । आइतबार राती सास फेर्न स`मस्या भएपछि उनलाई पुणेको एक अस्प`तालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृ`त्यु भएको छ ।
महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदिकालाई स्पाइनल मस्कुलर एट्रफी (एसएमए) नामको जेनेटिक स्वास्थ्य स`मस्या थियो । उनको उप`चारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिका|बाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।
वेदिका|लाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो । त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइ`रल भइरहेको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन र वेदिकाले आइत`बार संसारबाट विदा लिइन् ।
वेदिकाको यसरी मृ`त्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शोकमा छन् । यति महंगो औष`धि दिइसकेपछि पनि वेदिकाको मृ`त्यु कसरी भयो भन्ने विषयमा मानिस`हरु प्रश्न उठाइरहेका छन् ।
प्रतिकृया दिनुहोस्