भनिन्छ क्षमतालाई कसैले रोक्न सक्दैन यो कुरालाई सत्य साबित गरेका छन् । तिलोत्ताम्मा योगी कुटीका जुम्ल्याहा दाजुभाइ लभ,कुश पन्थीले । हो आज भन्दा डेढ बर्ष अगाडी संसारकै पहिलो गो’गो रोबोर्ट बनाएका लभ,कुशले त्यसको छ महिना पछि मान्छेको आ’कारमा परिमार्जित सहितको गोगो २ बनाए ।
निक्कै मेहनती जुम्ल्याहा दाजुभाइले १४ बर्षको उमेरमा नै उक्त गोगो रोबर्ट बनाएका थिए । ९ कक्षामा पढ्दा पढ्दै रोबोर्ट बनाउने हिम्मत राख्ने यी दाजुभाइले त्यसको झन्डै ९ महिना पछि लभकुश मार्च रोबोर्ट नाम दिएर नेपालकै पहिलो नेपाली भाषा बुझेर नेपालीमै उत्तर दिने अर्को रोबोर्ट बनाउन सफल भए ।
यसरी एकपछि अर्को रोबोर्ट बनाउंदै जाँदा लभ,कुशलाई सबैले अझै राम्रो काम गर्न उत्साहित पनि बनाए । घरमा बाबा आमा दाजुको राम्रो साथ पाएका यी दाजुभाइले फेरी अर्को राम्रो काम गरेका छन् ।
यतीबेला विश्वभरी फैलिएको कोरोना भाइरसको म हामा रीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृ त्यु भएको छ ।विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको सं क्रम णबाट मृ त्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ ।
नेपालमा पनि अहिले सम्म कोरोना भाइरसको सं क्रम ण ५२ जनामा देखिएको छ यसै समस्यालाई मध्यनजर गर्दै यसबाट बच्न जुम्ल्याहा दाजुभाइ लवकुश पन्थीले स्यानिटाइजिङ स्टेसनमा प्रयोग गर्न सकिने सेन्सर डिजाइन गरेका छन् । यो स्टेसनमा सवारीसाधनलाई स्यानिटाइजेसन गर्ने गरिन्छ ।यो हामी सबै नेपालीको लागि निकै गौरव’को कुरा हो ।
कोरोनो भाइरसको सं क्रम णबाट बच्न सवारीसाधनलाई स्यानिटाइजेसन गर्न मिल्ने गरी तिलोत्तमा नगरपालिकाको प्रवेशद्वार’मा यो स्टेसन बनाइएको हो । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लगानी र प्राविधिक सहयोगमा स्टेसन निर्माण गरिएको हो ।स्टेसन’मा जुम्ल्याहा दाजुभाइले बनाएको ‘सी प्रोग्रामिङ ल्याङ्ग्वेज’ मार्फत गेटमा प्रवेश गर्ने सवारीसाधन वा मानिसलाई सेन्सरले मोसन डिटेक्ट गर्ने गर्दछ ।
मोसन डिटेक्ट गर्नेबित्तिकै प्रवेशद्वारमा जडान गरिएका १२ वटा नोजलबाट सवारीसाधनलाई १० सेकेण्ड’सम्म अटोमेटिक स्यानिटाइजर छर्कर्ने गर्दछन् । प्यासिभ इनफारेट सेन्टर ९पीआईआर० जडित सेन्सरले आफैँ डिटेक्ट गर्नासाथ १ एचपीको मोटरसमेत खुला गराएर १२ वटा नोजल’मार्फत सवारी साधनलाई स्यानिटाइजर छर्कन मिल्ने सेन्सरका डिजाइनकर्ता कुश पन्थीले बताए ।
प्रतिकृया दिनुहोस्