२०७४ मा स्थानीय सरकार बने`पछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषता`अनुसार विभिन्न कुराका मूर्ति ठड्याइए`का छन्।कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ करूवाका मूर्ति ठड्या`इएका छन्। हालसालै उदयपु`रको बेलका नगर`पालिकाले सुंगुरको मूर्ति बनाएको छ।
बेलका नगर`पालिका वडा नम्बर ७ मैनामैनी मूल`गाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ।
नगरपा`लिकाका मेयर दुर्गा`कुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।यो मूर्ति नगर`पालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले सेतो`पाटीसँग भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’
सुंगुरको यो मूर्तिको डिजा`इन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरि`दिएको उनले बताए। अहिले धनु याख्खा कला`कारले उक्त मूर्ति बनाइराखेका छन्।
‘अहिले`चाहिँ मूर्तिको मात्र काम भइरहेको छ। पार्क|का लागि थप २० लाख बजेट छुट्याइएको छ। त्यसको ठेक्काको काम बाँकी छ,’ मेयर थापाले भने। वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारण`अनुसार सुंगुरको मूर्ति बनाइएको हो।
मैना मैनी पर्यटकीय हिसाबले धेरै सम्भा`वना भएकाले अरू के गर्न सकिन्छ भनेर छल`फल गर्दा यस ठाउँ`बाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने कुरा भएको हो,’ उनले सेतोपाटीसँग भने। – सेतोपाटी बाट साभार
प्रतिकृया दिनुहोस्