Wednesday, November 29

अर्थमन्त्री शर्माले भन्सारलाई सोधे: विदेशबाट घर फर्किने नेपालीलाई एयरपोर्टमा सास्ती किन ?

August 7, 2021 1349

अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासन`लाई सरल र जनमुखी बनाउनु`पर्नेमा जोड दिएका छन्बिहीबार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले भने, ‘सेवाग्राहीको सन्तुष्टि महत्व|पूर्ण कुरा हो, यसमा ध्यान दिँदै इमान्दा`रिता र पारदर्शिता`सहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्नुस्।’

मन्त्री शर्माले उपभोक्ता`वादी अर्थतन्त्र`लाई उत्पादन`मुखी अर्थतन्त्रमा बदल्नको लागि नीति निर्माण`मा अर्थ मन्त्रालय र सम्वद्ध निकायहरूको महत्व`पूर्ण भूमिका हुने भएकोले सोही अनु`सार दत्त`चित्त भएर काम गर्न निर्देशन दिए।

आधारभूत तहका जनता`ले पनि सर`कारले दिने छुट सुविधाको उपयोग गर्न पाउनुपर्ने उनले बताए। वैदेशिक रोजगारीबाट फर्कने`हरूले विमान`स्थल भन्सारमा दु:ख पाइरहेको गुनासो आफूले सुनेको भन्दै उनले भने, ‘जसले विदेशबाट डलर पठाएर विप्रे`षण बढाएको छ, घर फर्कंदा उसैले बोकेर ल्या`एको एउटा मोबाइल र एउटा टिभी सेटको विषय`लाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन?’

वैदेशिक रोजगारीबाट फर्कने नेपाली`हरूले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ नसकिने बारेमा पनि उनले जिज्ञासा राखे। कार्यक्रममा अर्थ`सचिव मधुकुमार मरा`सिनीले विश्व व्यापार संगठनमा आबद्ध भए यता नेपालको निर्यात घटिरहेको र आयात बढि`रहेको टिप्पणी गरे।

‘हाम्रै खेतबारीमा फल्ने कृषिजन्य वस्तु`हरूको समेत आयात हुने गरेको अवस्थाले व्यापार घाटा बढेको छ’, सचिव मरासिनी भने।उनले व्यापार क्षेत्र देशको ‘लाइफ लाइन’ भएकोले अन्त`र्राष्ट्रिय सन्धि सम्झौताहरूलाई पनि आफ्नो हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राजश्व परा`मर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरी अधि`कारीले जिडिपीमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजश्वको दायरामा आउन नसकेको, ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको, साढे चार लाख`भन्दा बढी कम्पनी`हरूले बिनादर्ता कारोबार संचालन गरि|रहेको तथ्यांक प्रस्तुत गर्दै यी समस्याले गर्दा राज`श्वको दायरा विस्तार हुन नसकेको तर्क गरे।

यस्तै ४८ अर्ब राजश्व बक्यौता रहेको, ५८ अर्ब अदाल`तमा विचारा`धीन मु`द्दाका कारण रोकिएको, १२ अर्ब मूल्य अभि`वृद्धि कर बक्यौता रहेको र ५५ अर्ब राजश्व बेरुजु रहेको जानकारी दिए।

भन्सार विभागका महा`निर्देशक यामलाल भुषाल र उप`महानिर्देशक श्यामप्रसाद भण्डारीले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्या`लय उत्तरी सीमा क्षेत्रमा रहेको भए पनि भन्सारको ९६ प्रतिशत हिस्सा आठ वटा भन्सार कार्या`लयको मात्र रहेको जानकारी दिए।

सबैभन्दा बढी वीरगञ्ज भन्सार कार्यालयबाट ३५ प्रतिशत, भैरहवा`बाट २५ प्रतिशत, सुख्खा भन्सार`बाट १० प्रतिशत, विराटनगर भन्सारबाट ९ प्रतिशत, कैलाली`बाट २ प्रतिशत र कृष्ण`नगर भन्सार कार्या`लयबाट १ प्रतिशत भन्सार संकलन गरेको छ।

देशको कुल राजश्वको ४५ प्रतिशत हिस्सा भन्सारको रहेको छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्