बलिउड अभिनेता सलमान खानसँग सिनेमा खेल्ने अवसरलाई कुन अभिनेत्रीले सहजै हुन्न भन्लिन र? कारण बलिउडका तीन शक्ति`शाली खानहरूमध्ये सलमान खान एक हुन्। कयौं अभि`नेत्रीको करियर सलमान`सँग सिनेमा खेलेपछि चम्किएको छ।
सलमानले आफ्ना सिनेमामा नयाँ-पुराना सबै अभिनेत्री`लाई मौका दिने गर्छन्। भनिन्छ बलिउडमा सलमानको प्रस्ताव`लाई कसैले नकार्दैन। तर यस्तोमा एक अभिनेत्रीले सलमान`सँग सिनेमा खेल्ने एउटा होइन दुई वटा प्रस्ताव अस्वी`कार गरेको खुलासा गरेकी छिन्। यस्तो गर्ने अभि`नेत्रीको नाम हो-इलियाना डि क्रुज।
दक्षिण भारतीय सिनेमामा सफल र लोकप्रिय इलियाना`ले बलिउडमा हाल`सम्म रणवीर कपुर, अजय देवगन, अक्षय कुमार जस्ता स्टार`सँग काम गरेकी छन्। एक अन्तरवार्तामा उनले फ्यान`हरूले ट्विटरमा सोधेको प्रश्नको जवाफ दिने क्रममा सलमान`सँग सिनेमा खेल्न आएको प्रस्ताव दुई-दुई पटक लत्याएको बताएकी हुन्।
इलियानालाई सलमानको ‘वान्डेड’ र ‘किक’का लागि प्रस्ताव गरिए`को थियो। प्रस्ताव आएपनि उनले ती सिनेमा गरिनन्। उनले ती सिनेमा किन गरिनन् त?
‘वान्टेड’ प्रस्ताव गरिदां इलियानाको परिक्षा चलि`रहेको थियो भने ‘किक’को बेलामा उनले सिनेमाले मागेको समय अरू नै सिनेमाको लागि दिइ`सकेकी थिइन्। इलि`यानाले छाडेका यी सिनेमामा क्रमशः आयशा टाकिया र ज्याकलिन फर्नान्डिजले काम गरे।
प्रतिकृया दिनुहोस्