द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता घोषणा भए`को छ । सिजन ३ को उपाधि किरण गजमेर ले हात पारेका छन् । शनिबार भएको फाइ`नलमा अन्य तीन प्रतिश्प`र्धीलाई भोटका आधार`मा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्।
अमेरिकाबाट भ्वाइस`के लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनु`पूर्व उनले कर्णराज कार्की`सँग तालिम लिएका थिए।
तेस्रो संस्करणको फाइनलमा टिम प्रमोद`बाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्प`र्धा गरेका थिए । हिमालय टेलिभिजनबाट ग्राण्ड फिनाले`को प्रत्यक्ष प्रशारण शुरु भएको थियो । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिना`लेमा प्रवेश गरेका थिए ।
सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालले आज तेस्रो विजेता पाए`को हो । कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका थिए ।
यो सिजन`को सर्वोत्कृष्ट को होला भनेर संगीत`प्रेमी दर्शकमाझ चासो, चर्चा र प्रतीक्षाको विषय बनेको थियो । टिम दीपबाट दार्ज`लिङका आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वा€ला राईबीच प्रति`स्पर्धा भएको थियो ।
महागुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका हुन् । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्द`लाई भोटिङमा पछि पारे ।
टिम प्रमोद`बाट फाइन`लम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किम`का रवि गह`तराजलाई पछि पारेर उपाधिको अन्तिम होड`मा पुगेका हुन् ।
प्रतिकृया दिनुहोस्