Wednesday, November 29

जितेको २५ लाखमध्ये १ हजार आमालाई दिएर बाँकी रकम समाजसेवामा खर्च गर्ने किरणको घोषणा (भिडियो सहित)

August 8, 2021 2100

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्का`र रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बु`लेन्स सहयोग गर्ने भएका छन्।

शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शर`णार्थीका लागि दुई वटा एम्बु`लेन्स सहयोग गर्ने बताएका हुन् । विगतमा आफूले शरणा`र्थी जीवन बिताउँदा उप`चारकै अभावमा हजुर|आमा गुमा`एको स्मरण गर्दै गजमेरले एम्बु`लेन्स सहयोग गर्ने बताएका हुन्।

आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमा|लाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खो`प लगाउनबाट वञ्चित भएका`लाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने।

एक हप्तासम्म दर्शकले गरेको भो`टका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनो`फानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्। हाल अमेरिका बस्दै आए`का किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिवि`रमा जन्मिएका हुन्। – सेतोपाटी

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्