Saturday, September 18

आमाबाबुलाई देशनिकाला गरेपछि नेपालमै जन्मेका थिए किरण, यस्तो छ उनको जीवन संघर्ष

August 8, 2021 989

द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार रा’ति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्र’तिस्पर्धीलाई पछि पार्दै अमेरिका बस्दै आएका कि`रणले उपाधि जितेका हुन् ।

भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गज`मेरले २५ लाख रुपैयाँ पाएका छन् । उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन् । द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन र युट्युव`बाट गरिएको थियो । गत साताको सेमि`फाइनलबाट चारवटा टिमका एक-एकजना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

संक’टबीच चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालले तेस्रो विजेता पाएको हो। कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्राण्ड फि`नालेमा पुगेका थिए।

यो सिजनको ग्राण्ड फिना`लेमा टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ, टिम प्रमोदबाट हाल अमेरिकामा रहँदै आएका किरण गजमेर, टिम राजुबाट बागलुङकी तारा श्रीष मगर र टिम तृष्णाबाट भोज`पुरका ज्वाला राईबीच प्र’तिस्पर्धा भएको थियो।

‘देखेर तिमीलाई, हेरेर तिमीलाई…’, यो गीतको रचयिता हर्क साउद हुन् भने संगीत सुजन चापा`गाईंको । यसमा चापागाईं स्वयं र विद्या तिवारीको स्वर छ । ल’कडाउनका वेला निकै नै चर्चित बनेको यो गीत गत साता ‘भ्वाइस अफ नेपाल’मा पनि सुनियो । भ्वाइस अफ नेपाल`मा फरक स्वर र स्वादमा गुन्जिएपछि यो गीत पुनः एकपटक जुर्मुराएको छ ।

भ्वाइस अफ नेपालमा यो गीत गाएका थिए किरण गजमे`रले । किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुर`आमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर । शरणार्थी शिविरमै किरण`का बाआमाको विवाह भयो । किरण यतै जन्मिए ।

अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । बाल्यकाल भने नेपालमै बिताए । बाँसको फक्ल्याँटोले बारेको घर, चुहिने छानोमा ओत लागेर सकियो उनको बाल्यकाल ।

त्यही बाल्यकालमै किरणले संगीतको सुर सिके । गला`लाई तिक्खर बनाउने कोसिस गरे । ‘त्यसवेला हामीसँग केही थिएन, आफैँ सिक्थेँ, आफैँ गाउँथेँ,’ किरण सुनाउँछन् ।

अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भि’ड्न नेपाल आए । नेपाल आएर झापा गए, जहाँ उनको बाल्य`काल बितेको थियो । तर, त्यहाँ त सबथोक परिवर्तन भइसकेको रहेछ । पहिला टुकीको उज्यालोमा पढ्थे, बत्ती आइसकेछ ।

बाँसको फक्ल्याँटोले बारेका घरहरू थिए, जस्ता`पाता आइसकेछ । माटोले लिपेको भुइँ थियो, सिमेन्टको कंक्रिट बनिसकेछ । किरण बसेको शिविर र घर भएको ठाउँ त जंगल बनिसकेछ । ‘अस्ति जाँदा मलाई घरै ठम्याउन गाह्रो भयो ।

हामी बसेको ठाउँ त जंगल बनिसकेछ । धन्न सुपा`रीको रूख ढलेको रहेनछ र पत्तो लगाएँ,’ किरण सुनाउँछन्, ‘नेपालको माटोको गन्धसँग परिचित छु । गाउँघरको याद आउँछ । त्यही भएर पनि सुपारीको रूख देख्नासाथ चिन्न सजिलो भयो ।’

उता भुटानमा पनि किरणको टन्न जग्गा थियो । त्यहाँ सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए । किरण त यतै जन्मिए, तर उनका बाआमा, हजुरबाहरू भुटानको आफ्नो जग्गा`बारे कुरा गरिरहन्छन् ।

‘एकपटक जान पाए हुने’ भन्ने इच्छा प्रकट गरिरहन्छन् । तर, तत्काल सम्भव छैन । उनी भन्छन्, ‘बाआमाको कुरा सुन्दा मलाई पनि जाऊँजाऊँ लाग्छ । आफ्नो माटोको माया त लागि`हाल्छ नि ! यता काठमाडौंमा बस्दा पनि जहिल्यै झापा जाऊँजाऊँ लागिरहन्छ ।’

भुटानबाट किरणको परिवारले केही लिएर आएको थिएन, जीउमा लगाएको कपडाबाहेक । भा’ग्दैभाग्दै आएका थिए । यतै आएर सानोतिनो टहरा ठडाए । पछि किरणको परिवार अमेरि`का गयो, अरू शरणार्थीहरू पनि गए । बाँकी अझै शरणार्थी यतै छुटेका छन् । उनीहरू बाहिर जान पाउँदैनन् । न नेपालको नागरि`कता छ ।

पहिला विविध संस्थाले रासन दिने गर्र्थे, अहिले आफैँ कमाएर खानु`पर्ने बा’ध्यता रहेको किरणले यतै आएर थाहा पाए । ‘यस्तो अवस्था देख्दा एकदमै दुःख लाग्छ । आफ्नो भूमि छाडेर बाँ’च्नुपर्‍यो । अहिले न नागरिकता छ, न केही । त्यसरी नै धेरैवटा पुस्ता स’किँदै छ,’ किरण भन्छन् ।

भुटानबाट लखेँटिँदा उनीहरूले माटो छाडे । भएको जग्गा–जमिन र सम्पत्ति छाडे । मुलुक छाडे । त्यही भाषा, संस्कृति|माथिको लडाइँकै कारण आफ्ना पुर्खा भाग्नुपरेको किरणको गुनासो छ । ‘तर, लखेटेर जहाँ पु¥याए पनि भाषा, संस्कृति त मरेको हुँदैन नि ?,’ किरणको प्रश्न हो यो ।

उनले अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा बिर्सँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी ।

उनी भन्छन्, ‘मेरो उमेरका धेरै साथी`हरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’

संगीत`प्रतिको किरणको अभि`रुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए । झापाको शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजका खारिएका स्वर र संगीत`हरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे ।

किरणलाई बजाउन सिकाउँथे । एल्बमको तयारीमा रहेका उनी भन्छन्, ‘जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।’

प्रतिकृया दिनुहोस्