मध्य प्रदेशका गृह`मन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभा`वित गाउँमा रेस्क्यू अप`रेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयर`फोर्सको टोली`ले उनलाई एयर`लिफ्ट गरेर बाहिर निका`लिएको थियो ।
नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटर`बोटमा लाइफ ज्याकेट लगाएर बाढी प्र`भावित कोटरा गाउँ पुगेको थिए । उनले एक घरमा केही मानिस`हरु फसेको देखे`पछि आफै छतमा चढे । एस`आरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृह|मन्त्री आफै फसे ।
पानीको बहाव तीव्र भएका का`रण मोटरबोट पनि त्यहाँ पुग्ने स्थि`ति बनेन । पछि एयर`फोर्सको टोली पुगेर गृहमन्त्रीको उ`द्धार गरेको थियो । मन्त्री`भन्दा अघि चार जना स्थानीय`हरुलाई उद्धा`र गरेर सुरक्षित स्थानमा पुयाइएको थियो ।
सिन्ध नदीमा बाढी कारण तटीय क्षेत्रमा रहेका गाउँमा पानी पसेको छ । नदीको जलस्तर बढेको कारण इन्दर`गढ क्षेत्रको रुर र कुलैथ गाउँबीच सम्पर्क टुटेको छ । शिव`पुरी ड्यामबाट पानी छाडि`एका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको छ ।
प्रतिकृया दिनुहोस्