Thursday, December 7

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नु`होस्

August 8, 2021 1777

नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ।

सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्ड`लिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयात`कर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यव`सायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने गर्छ ।

नेपाली बजारमा साताको पहलिो दिन सुनको मूल्य ह्वात्तै घटेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार पाँच सयमा का`रोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजार पाँच सयले घटेरप्रतितोला ९० हजार रुपैयाँमा कारो`बार भएको नेपा`ल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ ह`जार पाँच सय ५० रहेको जनाइएको छ । त्यस्तैगरी आज दीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२६५ मा कारो`बार भएकोमा आज घटेर प्रतितोला १२४० कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्