May 1, 2020 944
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका कारण मृत्यु:हुनेको संख्या बढिरहेको छ ।
त्यहाँ बुधबार एकैदिन हालसम्मकै बढी ७१ जनाको मृ’त्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्सले जनाएको छ । यससँगै त्यहाँ कोरोना संक्रमण’का कारण ज्या:न गुमाउनेको संख्या ११ सय ५४ पुगेको छ ।
तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरु’को संख्या ३५ हजार ४३ पुगेको छ । गत बुधबार मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् । मंगलबार त्यहाँ १ हजार ९०९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए भने ६९ जनाको मृ’त्यु भएको थियो ।
यसैबीच भारतमा कोरोना संक्रमितम’ध्ये ९ हजार ६८ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २४ हजार ८२१ जना उपचार गराइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्