Saturday, September 18

आज पनि फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नु`होस्

August 9, 2021 1153

यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ ।

आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिए`को हो ।

नेपाल सुनचाँदी व्यवसायी महा`संघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।यस्तै, चाँदीको मूल्य समेत आइत`बारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रति`तोला एक हजार २१५ रुपैयाँ कायम भएको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधान`मन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र`बहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले सबै तहका निजामती कर्मचारी, नेपा`ली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।

यसैगरी बैठ`कले नेपाल कृषि तथा वन सेवा तर्फको राज`पत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही साउन २४ को सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सह|सचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा प`दस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यव`स्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रि`परिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा (चौथो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रि`परिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोज`नाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलब`हादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

यस्तै नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेज`बहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ ।

सोही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एकपटक दिइने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्