Wednesday, November 29

“ख्यास्स पुतली” विवादमा आएपछि दुर्गेशले ल्याए फेरि अर्को नयाँ गीत (भिडिओ सहित)

August 10, 2021 4063

ख्यास्स पुतली भन्ने शब्दका कारण बिबादमा तानिएका गायक दुर्गेश थापाले फेरी अर्काे गीत ल्याएका छन् । यसअघि ल्याए`को बिच बिचमा को सिरिज ४ मा प्रयोग भएको ख्यास्स पुतली शब्दका कारण उनलाई लोक दोहोरी प्रतिष्ठा`नले ब`हिष्कार गर्ने घोषणा गरेको थियो ।

प्रतिष्ठानको चौतर्फि बिरो`ध पछि फेरी बिज्ञप्ति निका`लेर सदस्यता खारे`ज गर्ने घोषणा मात्र गरिएको भन्दै आफ्नो गल्ती सच्या`एको थियो । तर गायक दुर्गेशले भने प्रति`ष्ठानको यो कदमको बिरोध गर्दै बहिष्का`र शिर्षकमा गीत ल्याउने घोषणा गरेका थिए । उनले अब बिच बिचमा को सिरिज ‘बिच बिचमा–५’ ल्याएका छन् ।

उनका गीतमा यस|पटक भने त्यस्ता बिरोधा`भाष शब्द`हरु प्रयोग गरिए`को छैन । तर उनले गीत मार्फत आफ्नो विरोध गर्ने|लाई गतिलै जवाफ दिएका छन् । यस गीतमा उनको आफ्नै स्वर छ भने उनलाई बसन्त थापा|ले साथ दिएका छन् । यस गीतको शब्द र संगीत दुर्गेश आफ्नै रहेको छ ।

साहस शाक्यको एरेञ्ज रहेको गीत|मा चन्द्र चौधरीको मिक्सिङ रहेको यो गीतको भिडियोमा नायक पल शाह, गायक दुर्गेश, बाल`कलाकारहरु जेभिन–जेभिस, आयुषी ढकाल र सिमोन कोनाजु देखिएका छन् । डि सेरीज युटुब च्यानलमा अपलो`ड गरिएको यो भिडियो लाई ३ घण्टामा १ लाख ७५ हजार जनाले हेरीसकेका छन् ।

प्रतिकृया दिनुहोस्