अमेरिकामा कोरोना भाइरस सङ्क्रमण’बाट मङ्गलबार थप एक नेपालीको ज्यान गएको छ । अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको ज्या;न गएको हो । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए ।
पन्थीसमेत गरी अमेरिकामा कोरोना संक्रमण’का कारण ज्या न गुमाउने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।
मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएका जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघात’का कारणले पनि ज्या न गएको देखिन्छ ।
उनी भन्छन्, “अरु रोग लागेका व्यक्तिमा कोरोना’को सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृ त्यु नजिक पु¥याउने गरेको देखिन्छ ।”
यसैबीच एक महिना अगाडि ज्या न गुमाएका विष्णुकुमार राईको श:वलाई मङ्गलबार अन्तिम संस्का’र गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको श’वलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शव’दाहगृहसम्म पुर्याउने काममा भण्डारीले महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको ज्या’न गइसकेको जानकारी गराइएको छ ।
एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्र:मण देखिएको छ ।
तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म ज्या न गुमाउने सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका’मा फेब्रुअरी ६ तारिखमा एक जनाको ज्यान गएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरस’को सङ्क्रमणबाट ५८ हजार २२० जनाको ज्या न गइसकेको छ । न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्