August 11, 2021 2744
आधुनिक समाज समाजमा बसोबास गर्ने व्यक्तिहरु दिनदिनै लोभी पापी बन्दै गएका छन् ।
बुढापाकाहरू भन्ने गर्छन् कलि व्याप्त भयो, यहाँ मान्छेलाई मान्छे कै भर छैन । सबै जाली फटाहाहरुको समाज छ । यहाँ मानिसहरूले मानिसलाई समेत सहयोग गर्दैनन् ।
तर यो भनाई सबै मानिसमा भने लागू हुँदैन । यहाँ मान्छेलाई पर्दा सहयोग गर्ने मात्र होइन , जंगलका जनावरहरुलाई समेत खाना बाड्ने मानिसहरु पनि यही धर्तीमै छन् ।
यहाँ एउटा भिडियोमा एक जना मानिसले कार लिएर आउँछन् । नजिक बाँदरको हुल देखिन्छ । जब कार रोकिन्छ बाँदरको हुल त्यही कार भए तिर जान्छ ।
त्यतिकैमा त्यी व्यक्तिले कारको डिक्की खोल्छन् र त्यहाँ राखिएका केरा देखेपछि बाँदर त्यतै झुम्मिन्छन् । यो दृश्य कुन ठाउँको हो त्यो भने त्यहाँ खुलाईएको छैन । उनको काम हेरेका दर्शकले उनको उच्च प्रशंसा गरेका छन् ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्