नेपाल विद्युत प्राधि`करणको कार्यकारी निर्देशकमा कुल`मान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र`देव शाक्य रिट लिएर सर्वोच्च अदा|लत पुगेका छन् ।
उनले आफूलाई गैर`कानूनी रुपमा प्राधि`करणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् ।
उनले प्रधान`मन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधि`करणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएको अनलाइन खबरमा समाचार छ ।
मन्त्रि`परिषद्को बैठकले यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य`लाई विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
अघिल्लो कार्यकाल २०७३ भदौ २९ को मन्त्रि`परिषद् निर्णयबाट प्राधि`करणको कार्य`कारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।
प्रतिकृया दिनुहोस्