काठमाडौं। अफगानि’स्तानमा रहेका नेपालीको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको चर्को आलोचना भएको छ ।अफगा’निस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्र`ण गरेसँगै क्यानडाले अफगानि’
स्तानस्थित आफ्नो दूतावासको सबै काम`काज बन्द गरेको छ । तर, दूतावा’सको सुर’क्षामा खटिएका पूर्व गोर्खाली सुरक्षा’कर्मीलाई बेवा`स्ता गरेको भन्दै प्रधानमन्त्रीको आलो`चना भएको हो ।
काबुलस्थित क्यानडाको दुतावा’सको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनि`क खटिएका छन् । तालिबानले काबुलमा नि`यन्त्रण गरेसँगै क्यानडाले आइत’बारदेखि दूतावास बन्द गरेको र सबै कामकाज स्थगित गरेको क्यानडाको मिडिया सीबीसीले जनाएको छ ।
उसले त्यहाँ दूतावा’समा कार्यरत आफ्नो देशका कर्मचारी`लाई तत्काल काबुलबाट निकालेर आफ्नो देश लैजाने तयारी गरिसकेको छ । तर, काबुलबाट निकालिने सूचीमा पूर्व गोर्खाली’हरुलाई नराखिएको भन्दै क्यान’डाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आ`क्रोश पोखेका छन् ।
उनले लेखेका छन् ‘क्यानडाली दुतावासमा कार्यरत १०० नेपाली गोर्खा’लीहरु र पूर्व कर्मचारीहरु त्यहाँ`बाट निकालिने व्यक्तिहरुको सूचीमा नपरेको थाहा पाउँदा चिन्तित भएको छु । क्यानडाले उनीहरुको सुर`क्षा सुनि`श्चित गर्न आवश्यक कदम चाल्नै पर्छ
। जोखि`ममा परेकाह’रुलाई बाहिर निकाल्नेतर्फ ध्यान केन्द्रित गर्नुको सट्टा आज जस्टिन ट्रुडोले देशमा चुनाब घोषणा गरेका छन् ।’ सेन्ट जोन्स इस्टबाट क्यानडाको प्रतिनिधिसभा हाउस अफ कमन्सका सदस्य रहेका ह्यारिस त्यहाँको विप`क्षी दलको छायाँ सरकारका रक्षा मन्त्री हुन् । – डिसी नेपालबाट
प्रतिकृया दिनुहोस्