पत्रकार अजयबावु सिवाकाेटीले आफुलाई शंकास्पद व्यक्तिले पच्छाइरहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएका सिवाकाेटीले आफ्नो अफिस आसपास २ जना व्यक्तिले आफुलाई पच्छाइरहेको बताएका छन् । सुत्र बहसमा कुराकारी गर्दै सिवाकाेटी सुरक्षाको हिसाबले हेर्ने हो भने आफुलाई कसैले नियालीरहेको र आफिसमा समेत आएर दुइजना ब्यतिले ससंकित गरेको कुरा बताएका हुन् ।
सुरक्षा चुनौतीका बिषयमा प्रहरी प्रशासनले सिवाकोटीलाई काठमाण्डौ प्रहरी परिसर कमलपोखरि र बालाजु क्षेत्रबाट निगरानी गरिरहेको समेत सिवाकोटीले बताए । यसरि हेर्दा प्रहरी प्रशासनले पनि सुरक्षाको बिषयमा चाँसो दिएको देख्न सकिन्छ । तर पत्रकार सिवाकोटीले एउटा पत्रकारले समाचार लेखिरहदा उसको परिवार चिन्तित हुनु पर्ने अवस्था किन छ भन्दै प्रश्न उठेका छन् ? उनको यो कुरालाई हेर्ने हो भने कहिँकतै बाट अहिले पनि सिवाकोटीलाई सुरक्षाको बिषयमा चिन्ता रहेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्रीका निकटका पात्र समेत रहेका बास्कोटा विभिन्न समयमा पत्रकारमाथि कडा तरिकाले प्रस्तुत हुँदै आएका थिए । केहि समय अगाडी धुलिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बास्कोटाको खुलेर तारिफ गरेका थिए । प्रधानमन्त्रीले बास्कोटाको तारिफ गर्दै तुलोमा गोकुल बास्कोटा एकतिर र अरु मन्त्रिमण्डल अर्कोतिर राख्ने हि भने पनि बास्कोटाकै पल्ला भारी हुने कुरा बताएका थिए । जुन अहिले निकै चर्चामा रहेको छ । हेर्नुहोस् पूरा भिडियो ….
यहाँ थिचेर हेर्नुहोस्
प्रतिकृया दिनुहोस्