Thursday, December 7

डेढ घण्टाको अन्तरालमा दम्पतिको मृ`त्यु, लास निकाल्दा कुकुरले बाटो छेक्यो, आगो लाउने बाँसमा सर्प

August 18, 2021 1730

सङै जिउने सङ्गै म`र्ने कसम खाएका पती–पत्नीको मृ`त्यु एकैसाथ भएका घट`नाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घट`ना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ ।

मोरङको सुन्दर`हरैँचामा डेढ घण्टाको अन्तरालमा मृ`त्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाह`संस्कार भएको छ । सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृ त्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृ`त्यु भएको छ ।

आइत`वार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृ त्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि ला`सलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृ त्यु भएको थियो ।

भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसो`बास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् । सोम`वार डेढ घण्टाको अन्त`रालमा दुवै जनाको लोहोन्द्रा घा`टमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहान पवित्रादेवीको ला`स निकाल्दा कुकुरले पटकपटक बाटो छेकेको र पतीको ला`समा आ`गो सल्काउन बोकेको बाँसमा गोमन स`र्प बेरिरहेका अवस्था फेला परेको स्थानीयले बताएका छन् । – नुवाकोट एक्स्प्रेस

प्रतिकृया दिनुहोस्