रुकुम-पश्चिमको आठ`बिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।
बस चढेपछि धर्मा`कुमारीले त्यसको जानकारी श्रीमान`लाई दिइन्।बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उप|चारका लागि भनेर धर्मा`कुमारी नाबालक छोराको साथ बस चढेकी थिइन्।
साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दल`बहादुरका बिल्डिङ सम्बन्धि ठेक्का`पट्टाको काम गर्छन्। ‘घरमा आमा छोरा मात्रै बस्थे। उपचार गर्न नेपाल`गञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिही`बार दिउँसो सबेरै सकिन्।
आफू फर्केर नआउँदा`सम्म घर रेखदेख गरिदिने आफन्त र छर|छिमेकलाई मिलाइन्’, दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन्।’
राडीहुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५-६ बजेतिर मात्रै कोहल`पुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलो`मिटर रहेपनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ।
धर्मा`कुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। धर्मा`कुमारी छोरासँगै बसेकी थिइन्।
वान्ता हुन थालेपछि धर्मा`कुमारीले केसीसँग पोले`थिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसी`लाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्मा`कुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।
बोटेचौर भन्ने ठाउँमा आइपुगे`पछि धर्माकुमारीले दुई/तीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन्।
मध्य`रात भइसकेको थियो। बस आफ्नै गतिमा अगाडि बढि`रहेको थियो। चालकले सबै शान्त बनेपछि नियास्रो मेट्न र निन्द्रा भगाउन मधुर गीत संगीत बजाइरहेका थिए।
सबै यात्रु निदाए जस्तै वातारण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने।
‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्मा`कुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हल`चल गर्नुभएन।’
धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुति`सकेकी थिइन्। उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने। कतिले नजिकै बबईमा उप`चारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडि`कल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे। धर्मा`कुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन्। उनैले धर्मा`कुमारीको मृ`त शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।
बच्चा रोइरहेको हुँदा केसी`लगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते।शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपाल`गञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एका`बिहानै श्रीमतीलाई सदाको लागि गु`माउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए।
तै पनि बिधिको विधान नमानी सुख थिएन। उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे।छोरा बुवा देखेर अलि शान्त बन्यो। तै रोईरहेको छोरालाई चुम्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमति धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए। ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे। तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्प`तालमा पुर्याए।
धर्माकुमारीलाई आइसियूमा राखिएको छ। ‘मृ`त्यु भइसकेको भए पनि मैले माइतिको बाटो कुरेको छु,’ दलबहादुरले भने, ‘जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइ`सक्नु भएको छ र आज बाँकी अन्तिम संस्कारको कामहरु गर्नेछौं।’
‘म कस्तो अभागि रहेछु, पहिलाको श्रीमतिले छोडेर अर्कैसँग गइ र अहिलको श्रीमतिले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने, ‘पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरण|लाई मैले के गरि सम्झाउने होला ?’
यात्राकै क्रममा धर्माकुमारीको मृ त्यु पछि किरण धेरै रोए`को हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ।
यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन्।श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन्।
केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन्। उनीहरुकै सल्लाहमा औषधी से`वन गरिरहेकी थिइन्। तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए। दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन्। प्रेसर हाइ र लो हुने समस्या पनि थियो।
त्यसअगाडि उनले उप`चारका लागि झन्डै चार लाख खर्चिएका थिए। ‘उनको माइती डडेलधुराबाट पनि उप`चारमा सहयोग भएको हो र मैले पनि श्रीमतिको उप`चार गर्दै आएको थिएँ,’ दलबहादुरले भने।
श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए। बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए। ‘मैले श्रीमतिसँग आधा घन्टा जति फोन गरेँ,’ दल`बहादुरले भने, ‘उनले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन्।’
धारापानी भन्ने ठाउँमा दल`बहादुरले फेरि श्रीमति धर्माकुमारीलाई फोन गरे। त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सा`मान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन्।
त्यसपछि फोन सम्पर्क हुन सकेन। रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतिलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते। यो सामग्री नारायण खड्काले सेतोपाटी मा लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्