सामाजिक सञ्जाल|मा शुक्रबार`देखि एउटा तस्बिर भाइ`रल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा नि`धन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।
उनी रहिछन्, २८ वर्षीया धर्मा`कुमारी बटाला। माइतीघर डडेलधु|राको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माण`सम्बन्धी काम गर्दै बाँकेको नेपाल`गन्जमै बस्दै आएका थिए। उनले मुटु`रोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए।
धर्माकुमारी ३२ महिने छोरा किरण`लाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाए|पछि पनि दुई पटक सम्पर्क भएको दल`बहादुरले सुनाए।
उनका अनुसार सुर्खेत र सल्यान`को सिमाना धारापानी भन्ने ठाउँमा अन्तिम सम्पर्क भयो। धर्माकुमारीले श्रीमान्लाई आफ्नो अवस्था सामान्य रहेको, आरामले यात्रा गरिरहेको, बसमा अरू मानिस रहेको हुँदा चिन्ता नगर्न भनिन्। त्यस`पछि भने फोन सम्पर्क हुन नसकेको दल`बहादुरको भनाइ छ।
रूकुम पश्चिमको राडी`बाट बिहीबार राति नेपाल`गन्ज जाँदा बसमै ज्यान गुमाएकी धर्माकुमारी बटालाका नाबा`लक छोरा किरण । नेपालगन्जमै धर्माकुमारीको दाह`संस्कार गरी उनका श्रीमान् दलबहादुर शनिबार छोरोलाई लिएर घरतिर हिँडेका छन् ।
अरू यात्रुका अनुसार धर्माकुमारी बसेको सिटपछि अर्कोमा आठ`बिसकोटकै अर्जुन केसी थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्। बान्ता हुन थालेपछि धर्मा`कुमारीले केसीसँग पोलिथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल`नजिकको २ नम्बर सिट छोडिदिए। सिटमा आमा–छोरा बसे। केसी १ नम्बर सिटमा एक्लै बसे।
सुर्खेतको बोटेचौरमा आइपुगेपछि धर्मा`कुमारीले दुई–तीन पटक बान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसेको आठबिसकोटकै अर्जुन विष्टले बताए। विष्टका अनुसार मध्यरात भइसकेको थियो। सबै यात्रु निदाएजस्तै वातावरण थियो। बर्दि`याको हरिया लेक आइपुग्दा एकाएक ३२ महिने किरण रोएको आवाज आयो।
‘यसो फर्केर हेर्दा बच्चा सिटदेखि तल खसेको देखेँ’, विष्टले भने, ‘त्यसपछि मलगायत अरूले भाउजू नाता पर्ने धर्माकुमारीलाई उठाउन खोज्यौं। तर, उहाँ हलचल गर्नुभएन।’ बसयात्रा`कै क्रममा नि`धन भएकी श्रीमतीको शनिबार बाँकेको राप्ती नदीमा दाहसंस्कार गरी छोरालाई काखमा राखेर घर फर्किंदै गरेका दलबहादुर बटाला ।
धर्माकुमारी चीर निद्रामा परिसकेकी रहेछन्। उनको अवस्थाले बसका सबै यात्रु दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे।
तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने कुरा चल्यो। धर्माकुमारीकै गाउँका अर्की एक महिला पनि बसमा थिइन्। उनले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।
बच्चा रोइरहेको हुँदा केसीलगायत यात्रुले पालैपालो बोके। बच्चा फकिएन। रोइरह्यो निरन्तर। त्यसपछि धर्माकुमारीकै काखमा बच्चालाई राखिएको थियो। त्यही बेला केसीले तस्बिर खिचेको जनाइएको छ। यात्रुले उक्त घटनाबारे राति नै धर्माकुमारीका श्रीमान्लाई खबर गरे। कोहलपुुर चौराहामा पुग्दा बिहानको ५ बजिसकेको थियो। श्रीमान् दलबहादुर र काका मनीराम आइपुगे।
मनीरामका अनुसार नाबालक छोरा बुवा देखेर अलिक शान्त बने। ‘धर्माकुमारीलाई तत्कालै नेपालगन्ज मेडिकल कलेज कोहल`पुर लग्यौं। त्यहाँ पनि उपचार सम्भव नभएपछि भेरी अस्प`ताल नेपालगञ्ज लग्यौं। डाक्टरले दुई–तीन घण्टाअघि नै मृत्यु भइसकेको बताए। हामी छाँगाबाट खसेझै भयांै’, उनले भने।
मनीरामका अनुसार नाबालक छोरा बुवा देखेर अलिक शान्त बने। ‘धर्माकुमारीलाई तत्का`लै नेपालगन्ज मेडिकल कलेज कोहल`पुर लग्यौं। त्यहाँ पनि उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज लग्यौं। डाक्टरले दुई–तीन घण्टाअघि नै मृ`त्यु भइसकेको बताए। हामी छाँगाबाट खसेझै भयांै’, उनले भने।
राडी हुँदै जाजरकोट, सुर्खेत राकम, सल्लीबजार सल्यान, पुनः सुर्खेत मेहेलकुुना, छिन्चु हुँदै बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५–६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ।
दुरी झन्डै पौने तीन सय किलोमिटर रहे पनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ। गाडी विस्तारै उज्यालो भएपछि कोहलपुर पुग्ने गरी गुड्छ।
उनीहरू धर्माकुमारीलाई लिएर शुक्रबार बिहान ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अ’स्पताल कोहलपुर पुगेका थिए। उक्त अस्पतालले तत्कालै भेरी अस्पताल नेपालगन्जमा रेफर गरेको थियो। भेरी अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए।
अस्पतालको इमर्जेन्सीमा कार्यरत प्रहरी जवान दीपेन्द्र बीसीले घटना सुनाए, ‘बिहान ६ बजे इमर्जेन्सीमा आउनुभएको थियो। डाक्टरले दुई–तीन घण्टा अगाडि नैै मृ’त्यु भइसकेको भन्दै मृत घोषणा गर्नुभएको थियो।’
शवको पोस्ट`मार्ट`म गरिएन। नेपाली सेनामा कार्यरत उनका दाजु रत्न मल्लले बहिनीको अन्तिम`पटक मुख हेर्ने भनेपछि शुक्रबार दिनभर श`व भेरी अस्पतालमै राखिएको थियो। मल्ल शनिबार बिहान २ बजेतिर मात्र डडेलधुराबाट नेपालगन्ज पुगेका थिए।
बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीमा शनिबार बिहान ९ः३० बजे धर्मा`कुमारीको दाहसंस्कार गरियो। सामाजिक सञ्जालमा फोटो भा`इरल भएका कारण स्वस्फूर्त रूपमा दाहसंस्कारमा मलामीको संख्या धेरै भएको थियो। राप्ती नदीमा पुग्दा झन्डै १५० मला`मी भएको काका ससुरा मनिराम बटालाले बताए।
राप्ती नदीमा शनिबार बिहान ९ः३० बजेतिर धर्माकुमारीको दाहसंस्कारका क्रममा ३२ महिनाका किरण नेपाल`गन्जको घरबारी टोलमा हजुरबुबा मनिरामको घरमा बाल`बालिकासँग थिए। उनी बेला–बेलामा आमालाई सम्झेर रोए। मनिरामले भने, ‘घरि निदाउँछ। बिउझिँदा मम्मी–मम्मी भन्छ। बाबा`बाहेक अरू कसैसँग बस्न मान्दैन।’
नेपालगन्जबाट शनिबार साँझ रुकुम पश्चिम फर्कँदै गर्दा उनी बाबाको काखमै बसेका थिए। जसरी आमाको काखमा नेपालगन्ज आउँदाको बखतमा झैं। बाबाको काखमा पनि आमा नै खोजिरहेका छन्। अरूसँग त बस्न नै मान्दैनन्। रिजर्ब गरिएको गाडीमा उनीहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बबई, सुर्खेतको हर्रे, छिन्चु, सल्ली बजार, राकम, जाजरकोटको छेडागाड, कुदु मटेला हुँदै रुकुम पश्चिमको आठबीसकोट पुग्नेछन्।
दलबहादुरले धर्माकुमारीको उपचा`र पहिले जिल्लाकै अस्पता`ल र मेडिकलमा उपचार गरिएको बताए। केही दिनअघि मात्रै पश्चिम रुकुमको सल्ले पुगेर उपचार गराएकी थिइन्। चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, बिसेक भएन। दलबहादुरका अनुसार धर्माकुमारी मुटुका बिरामी थिइन्। रक्त`चाप उच्च र कम हुने समस्या थियो। श्रीमतीको उपचारमा करिब ४ लाख खर्च भएको उनले सुनाए।
रुकुम–पश्चिमको आठबिसकोट–९ बटालागाउँ खारखोलाकी २८ वर्षीया धर्माकु`मारी बटालाको बस`यात्राकै क्रममा बिहीबार राति निधन भएपछि काखमा राखिएको नाबालक छोरो। मुटुरोगी धर्माकुमारी नेपालगन्जमा थप उपचार गर्न भनेर रूकुम पश्चिमको राडी|बाट गाडी चढेकी थिइन्।
उनका अनुसार घरमा आमाछोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्।
दलबहादुर वैदेशिक रोज|गारीका लागि साउदी अर`ब गएका बेला जेठी श्रीमतीले साथ छाडिन्। जेठी श्रीमतीपट्टि १२ वर्षका छोरा छन्। धर्मा`कुमारीतर्फ सात वर्षकी छोरी र ३२ महिनाको छोरा छन्। उनी नेपालगन्जमा रहेर निर्माण`सम्बन्धी कामका लागि जिल्ला`मा सामग्री पठाउने गर्थे। ठेक्कापट्टामा संलग्न थिए।
प्रतिकृया दिनुहोस्