Monday, March 1

बहराइनमा फेरि थप ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि

May 1, 2020 458

बहराइनमा बिही’बार थप ३१ नेपालीमा कोरो”ना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित नेपालीको जम्मा संख्या १ सय ५७ पुगेको छ। बहराइनस्थित नेपाली दूतावास’काअनुसार मंगल’बार मात्रै ७७ नेपालीमा कोरोना पुष्टि भएको थियो।

पछिल्लो समय बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ। सानो मुलुक बहराइन’मा एउटै फ्लाटमा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु राखिएको हुँदा कोरो’ना संक्र’मित नेपालीहरुको संख्या बढ्दै गएको बहराइन’का लागि नेपाली राजदूत पदम सुन्दासले बताए।

एउटै फ्लाटमा ४ सयदेखि ५ सय श्रमिकहरु राखिएका छन्, जसले गर्दा त्यहाँ सँगै बस्ने एकजनामा कोरोना देखि’यो भने बाँकी अरुलाई पनि कोरोना संक्र’मण भइरहेको अबस्था छ’, राजदूत सुन्दासले भने।

बहराइनमा कोरोना संक्रमित’को संख्या पनि बढ्दै गएको छ। संक्रमितहरु’मा आप्रवासी श्रमिकहरु बढी छन्।
हालसम्म बहराइनमा तीन हजारभन्दा बढीमा कोरोना संक्र’मण भएको छ। ८ जनाको कोरोना’का कारण ज्यान गएको छ भने १ हजार ५ सय निको भएका छन्। – नेपाल लाइभ बाट साभार

नेपाली राजदुताबास बहराइनले कोरोना सम्बन्धी एक विज्ञप्ति

प्रतिकृया दिनुहोस्