हिमाली जिल्ला सोलुखुम्बु`सहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो ।
पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटर`साइकलमा सल्लेरी`तर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जोखि`मयुक्त नै थियो अझ निरन्तर`को वर्षाले सडक हिलाम्मे बनेको थियो ।
पानी परेकाे समयमा बासा`बाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटर`साइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्या`नै लियो । सुमन`लाई के थाहा र वर्षाकाे दर्किँदो झरीबाट ब|च्न प्रयोग गरिएको रेनकोटले नै ज्या`न लिन्छ भन्ने !
प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूध`कोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग मोटर`साइकलकाे पछा`डिकाे पाङ्ग्रामा बेरिन पुग्यो ।
रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टायरमा बेरियो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेकाे रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँटीमा पा`सो लाग्दा उनको घटना`स्थलमै ज्या`न गयाे ।
घट`नास्थलमा पुगेका प्र`हरीका अनुसार मृत`क सुमनको घा`टीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा चो`ट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दु`र्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रह`री कार्यालय सोलुखुम्बुका प्रह`री नायब उपरीक्षक (डीएसपी) कवित कटवालले बताउनुभयो ।
पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल, स्कुटरको चेन टायरमा बेरिँदा यस्ता दु`र्घ`टना निम्तिन सक्ने डीएसपी कटवालको भनाइ छ । कतिपय ठाउँमा महिलाले लगाएको साडी, सल माेटरसाइकल र स्कुटरकाे चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दु`र्घ`टना भएको उदाहरण छन् ।
सवारी साधन चला`उँदा तथा यात्रा गर्दा यस्ता विषयलाई ख्याल गरिएन भने मानिसको ज्या`नै जान सक्ने भएकाले सतर्कता अप`नाउन डीएसपी कटवालको सुझाव छ । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्