Thursday, December 7

भेडे खुर्सानी खानुका छन् यति धेरै फाइदै फाईदा: थाहा पाइराख्नुहोस्

August 27, 2021 1563

नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो ।

खु`र्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सा`नी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ ।

यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ । पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा हुन्छ ।

भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड ‘कैप्सिसिन’ को कारणले हुन्छ । कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने व्रियालाई बढाउँछ ।

कैप्सिसिनको प्रयोग आयुर्वे`दिक र होमियोपेथिक औ`षधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सी`डेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ ।

भेडे खुर्सानीकाे औषधीय गुण के हाे ? भेडे खुर्सा`नीको सेवनले ठन्डी, दम, श्वास`प्रश्वास प्रणालीमा समस्या र अर्वु`द रोगसंग लड्ने क्षमता बढाउँदछ । भेडे खु`र्सानीमा के के पाइन्छ ? भेडे खुर्सानी पोषिलो फल तरकारी हो । यो खुर्सानी भिटामिन “ए” र “सी” मा निकै धनी छ ।

भेडे खुर्सानीकाे प्रयाेग कसरी गरिन्छ ? नेपालमा भेडे खुसार्नीको हरियो फलको प्रयोग गरिन्छ । भेडे खुर्सानीको सलाद, पकाएको तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यसको बासना र स्वाद धेरैलाई मीठो लाग्दछ ।

जानौं भेडे खुर्सानीका फाइदाहरू: मेटाबोलिज्म बढाउ`नमा मद्दत गर्छ: तौल घटाउने सोच भएका`हरूका लागि भेडे खुर्सानीको सेवन निकै लाभदायक हुन्छ । यसमा क्यालो`री नगन्य मात्रामा हुन्छ जसले तौल घटाउनमा मद्दत गर्छ । यसले मेटाबोलिज्मको प्रक्रियालाई सक्रिय बनाउँछ ।

एन्टी अक्सीडेन्ट गुण: भिटामिन ए र सीले भरि`पूर्ण भेडे खुर्सानी एन्टी अक्सीडेन्ट्स`को राम्रो स्रो पनि हो । साथै मुटुसँग सम्बन्धित रोग, दम र मोतियाविन्दुबाट पनि बचाउनमा मद्दत गर्छ ।

क्यान्स`रबाट बचाउँछ: भेडे खुर्सानीको सेवनबाट क्यान्स`रको कोषलाई विकसित हुन दिदैँन । भेडे खुर्सानीको प्रयोग दिनहुँ कुनै न कुनै रुपले गर्नुपर्छ । भेडे खुर्सानीको सेवनले क्यान्स`र हुने सम्भावना निकै कम हुन्छ ।

दुखाईमा राहत: भेडे खुर्सा`नीमा यस्तो तत्व पाइन्छ जसले छाला`को दुखाई`लाई स्पाइनल कोड सम्म जान दिदैँन । साथै यसमा पाइने तत्व प्राकृतिक पेन`किलर समान काम गर्छ ।

रोग प्रतिरो`धात्मक क्षमता बढाउँछ: भिटामिन सी ले भरिपूर्ण भेडे खुर्सानीले संक्रामक रोगहरूसँग लड्न मद्दत गर्छ । साथै शरीरमा रोग–प्रतिरो`धात्मक क्षमता`लाई वृद्धि गर्न पनि भेडे खुर्सानी उपयोगी हुन्छ । भेडे खुर्सानीको नियमित सेवनले फोक्सो`को इनफेक्शन, दम जस्ता समस्यामा पनि राहत मिल्छ ।

प्रतिकृया दिनुहोस्