विपना थापा कुनै जमानामा नेपाली फिल्म क्षेत्र’को सबैभन्दा ब्यस्त नायीका थिइन् । उनले अभिनय नगरेका चलचित्र सायदै थिए उनको पालामा । केही वर्ष नेपालको फिल्मी क्षेत्रमा बिताए’की विपना अहिले भारतीयको बुहारी बनेकी छन् ।
उनी अहिले पुर्ण रुपमा गृहणी जिवन बिताइर’हेकी छन् । तर बेलाबखत उनले फिल्मी क्षेत्रका कलाकारहरुसंग भने भेट’घाट गर्छिन ।१२ वर्ष देखि उनी भारतको मथुरा बस्छिन् । आशुतोष भारद्धाजसंग मथुरा बस्छिन् । उनी अहिले १२ वर्षका छो’राको आमा पनि हुन् । उनले नेपालमा करिब एक सय चलचित्रमा काम गरेकी छन् ।
भारतमा पनि कोरोना फैलिएका कारण भारतले थप खत’रा हुन नदिन भारतले लकडाउनको निर्णय गरेको हो । विपनाका श्रीमान पेशाले चिकित्सक हुन् । त्यसैले पनि उनीह’रुले लकडाउन’लाई निकै कडाईका साथ पालना गरेका छन् ।
लकडाउनका कारण उनीहरुले ४ जना घरेलु कामदारलाई विदा दिएका छन् । केही महिना अघि बिरामी भएर रेष्ट गरिरहेकी विपना’लाई लकडाउनसंगै घरको काम आफै गर्नुप’रेको छ । उनले कहिल्यै घरभित्रका काम त्यसरी सबै गरेको अनुभव भने थिए’न ।
केही दिन तर घरभित्रको काम गर्दा रमाइलो लागेको थियो । केही दिनमै घरमा गर्नुपर्ने धेरै काम सकिए अब के गर्ने ? उनलाई अब भने निकै सकस भइरहेको छ । लकडाउन’का क्रममा भारत सरकार’ले निकै राम्रो काम गरिरहेको उनको अनुभव छ ।
सरकारले आफ्ना नागरि’कलाई घरवाट बाहिर ननिस्किउन भनेर निकै काम गरीरहेको छ । गेटमै घरमा के सामान चाहिन्छ भनेर सोध्न आउँछन् लिष्ट लिएर जान्छन् अनि सामान बोकेर ल्याउँछन् । उनले आफ्नो माइती देश नेपालमा रहेका सबैलाई लकडाउनको समय’मा आफ्नो स्वास्थ्य’को ख्याल गर्न र सरकारको निर्देशन पालना गर्न अनुरोध गरेकी छन् ।
उनले आफु मेहनत गर्न निकै मन पराउने भएपनि घरभित्रको भान्छामा गरिने काम भने कहिल्यै नगरे’का कारण लकडाउन’का समयमा सबै काम गर्नुपर्दा केही दिन अप्ठेरो महशुष गरेको बताएकी छन् । उनले विस्तारै सबै घरको काम पनि सिक्दै गएको अनुभव सुनाएकी छन् । हेर्नुहोस् भिडि’योमा…
प्रतिकृया दिनुहोस्