‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ….पूर्व`युवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ… भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियन`का उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।
अनि सुरु हुन्छ मञ्चमा रोमाञ्च`क माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेट`अप । अनि सुरु हुन्छ–उनको उही हाउभाउका साथ प्रस्तुति ।
शनिबार प्रशारण भएको कमेडी च्याम्पि`यनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार ! उनको जवाफ हुन्छ–म किन जाने ? किन जाने ?
पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ (सन्तोष पन्त) ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स–
‘रोल्पा बक्यिोस् कि मलाई रुकुम बक्यिोस्, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति ।
प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटर`साइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टी`देखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो ।
पौडेलले आफ्नो प्रस्तुतिका क्रममा व्यङ्ग्य गर्दै भने, ‘रामकुमारी झाँक्री मलाई मन पर्छ, किनभने अरुले खुट्टा तान्छ, उहाँले त हातै तानिदिन्छ ।’
यस्तै उनले बाबुराम भट्टराई`लाई पनि छाडेनन्, ‘भेरि रोमान्टिक मोमेन्ट पोलिटिकल । मलाई मनपर्ने पुरुष नेता पनि हुनुहुन्छ, डाक्टर बाबुराम भट्टराई । ताक परे अब राप्रपा`मा आउन सक्छ, पार्टी फेरिरहन्छ । यत्रो क्रान्ति गरेर पनि फार्टी फेरिराछ ल.. ! अस्तिअस्ति उ त्यो सन्तोष थापालाई भोट मागिराथ्यो… ।’
त्यसपछि पत्रकार र पारस`बीचको संवादका दृश्य रोचक सुनिन्छ । पारसको पत्रका`रसँग प्रस्तुत हुने शैली तथा आजकालका युट्युब पत्रकारिताबारे कटाक्ष केन्द्रीत थियो । उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्र`भक्ति वास्तविक हुनुपर्ने सन्देश दिए भने राजतन्त्र ढले`पछिको अवस्थाबारे पनि बुझाउने प्रयास गरिएको थियो ।
प्रस्तुति`पछि सबै जजहरु`बाट उनको प्रशंशा भएको थियो भने उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगियो । उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइ`नलमा प्रवेश गरेका हुन् । बाँकी ३ प्रतिस्पर्धीबाट दुई जना भने भोटिङबाट फाइनालिस्ट छानिनेछन् ।
यसअघि नै भरतमणिको पारस लुक्सको ट्रेलर सार्व`जनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो भने ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभा`गी पौडेल यस अगाडि पनि पूर्व मन्त्री
गोकुल बाँस्को`टासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दावे`दार मानिन्छन् ।
प्रतिकृया दिनुहोस्