Wednesday, November 29

रावलको नेपाललाई जवाफ: अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा फर्किनु`पर्ने हो

August 29, 2021 673

माधव`लाई रावलको जवाफ- अगाडि धकेल्दा धके`लिने भए पछाडि फर्काउन खोज्दा फर्किनुपर्ने होनेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाज`वादी) का अध्यक्ष माधव`कुमार नेपाललाई जवाफ फर्काएका छन्।

लामो समयदेखि नेपाल`लाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उनको साथ छाडेका थिए।१० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेका थिए।

अध्यक्ष नेपालले उक्त अभि`व्यक्ति दिएपछि उपाध्यक्ष राव`लले आइतबार ट्वीट गर्दै जवाफ फर्काए`का छन्।उनले माधव`कुमार नेपालको नाम नलिई कोही नेता कसैले अ`गाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने भनेका छन्।

‘कोही नेता कसैले अगाडि धकेल्दा धके`लिने रहेछन् भने पछाडि फर्का`उन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगि`ने मनस्थिति हुन्छ भने सहमति भइसके`पछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारी`बोध महत्वपूर्ण कुरा हो।’

एमाले वरिष्ठ नेता नेपा`लले नयाँ पार्टी गठन गरेपछि रावलसहित १० स्थायी कमिटी सदस्यले साथ दिएका थिएनन्। उनीहरू १० बुँदे प्रस्ताव कार्यान्वयन हुने भन्दै एमालेमै सक्रिय भइ`सकेका छन्।नेपालले नयाँ पार्टी खोलेपछि दिइरहेका हरेक अभिव्यक्तिमा रावलले जवाफ फर्काउने गरेका छन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्