लकडाउनका समयमा घरभाडामा बस्ने सबैको भाडा घरध’नीले नलिने भनेर सरकारले निर्णय गरेको भन्ने विषयमा अर्थमन्त्री युवराज खतिवडाले फेरी स्पष्ट पारेका छन् । खतिव’डाले श्रमिक वर्गका लागि मात्र यस्तो आग्रह गरिएको बताएका छन् । शहरी क्षेत्रमा रहे’का असंगठित श्रमिकहरुका हकमा मात्र सरका’रले यस्तो निर्णय गरेको बताएका छन् ।
पैसा हुने, तिर्न सक्ने र आम्दानीको नि’यमित श्रोत भएकाहरुका लागि भने यस्तो नियम लागू नभए’को पनि अर्थमन्त्रीले बताए’का छन् ।असंगठित श्रमिक क्षेत्रमा काम गर्नेहरुलाई लकडाउ अवधिभर घरवाट ननिकाल्न र भाडा नमाग्न भनिएको उनको भनाई छ ।
उनले कम्तिमा एक महिना’का लागि घर भाडा छुट दिन आग्रह गरिएको बताएका छन् । उनले पछि श्रम क्षेत्र खुलिसकेप’छि र आम्दानी गर्न सक्ने बातावरण भएपछि त्यसलाई पुर्ती गर्ने गरी सहयोग गर्न आग्रह गरिएको बताएका छन् ।
काठमाडौं महान’गरपालिका मेयर विद्या’सुन्दर शाक्य संघ सरकारले गरेको अनुरोधलाई घरबेटीहरुले स्वीकार्ने विश्वास व्यक्त गर्छन् । सामान्य मान’वीय धर्ममा आधारित भएर समस्यामा परेका वर्गलाई शहरी क्षत्रेका घरबेटीले कोठाभाडामा सहुलियत दिनुपर्ने उनको भनाइ छ ।
सरकारले अनु’रोध मात्रै गर्ने निर्णय गरेको भन्दै उनले यो कार्यान्वयन भए नभएको हेर्न सकिने अवस्था भने नभए’को बताए । सरका’रले मिनाहा दिएको भाडामा लाग्ने घरबहाल कर नलिने निर्णय पनि गरेको उल्लेख गर्दै शाक्यले त्यसमा आफूहरुको पनि समर्थन रहेको बताए ।
घरबहाल करको अधिकार संवै’धानिक व्यवस्था अनुसार स्थानीय तहलाई छ । संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकारसूची’भित्र सूचीकृत गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्ध’मा व्यवस्था गर्न बनेको ऐन–२०७४ले पनि घरबहाल करको संकलनको अधिकार स्थानीय तहलाई दिएको छ ।
यसैवीच, कतिपय डेरावाल’हरु संक’टको वीचमा पनि अत्यावश्यक काममा निस्केर घरमा फर्कँदा घरबेटीले विरोध गर्ने गरेको र लकडाउनका बेला घरमा नबस्न दबाव दिने गरेका सूचना’हरु आउन थालेका छन् । भाडामा लिएको कार्यालयभित्रै बसेर काम गर्न पनि घरबेटी’बाट अवरोध हुने गरेको कतिपयको गुनासो छ । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्