ताप्लेजुङका भरतमणि पौडेलले कमेडी च्याम्पियनको गएको एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनको प्रस्तुतीले निकै चर्चा बलुटेको छ ।
जो कमेडी च्याम्पियनमा आउनु`अघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पिय`नको मञ्च पाएपछि उनको पहिचान रातारात उचाइमा पुगेको छ ।
भरतम`णिको फिजि`कल अडिसन सामान्य थियो । तर, त्यसपछिका प्रस्तुतिहरुमा उनले आगो बाले । एपिसोड ६ मा उनले गरेको पुण्य गौतम र हिमेश पन्तको क्यारि`केचरले धुम मच्चाएको थियो । त्यहीँबाट उनी दर्शकको नोटिसमा पर्न थालेका हुन् ।
उक्त प्रस्तुतिमा कमेडी च्याम्पियनका पूर्वविजेता हिमेश`लाई व्यंग्य गर्दै भरतमणिले भनेका थिए, ‘कमेडी च्याम्पियनले खासमा पुरस्कार नै गलत राखेको हो । कार होइन, ट्याक्टर राख्नुपर्थ्यो, हिमेशले कम्तिमा खेत जोतेर जीविका चलाउँथे ।’
१५ औं एपिसोडमा भरत`मणिले आफ्नो बेस्ट दिए । त्यसमा उनले पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न नेताहरुको दुरुस्त क्यारिकेचर गरेका थिए । र, त्यसमा कन्टेन्ट पनि उत्तिकै बलियो थियो ।
भरत`मणिले गरेको गोकुल बास्कोटाको क्यारिके`चर त स्वयम् गोकुल बास्कोटा नै झुक्किने खालको थियो । ‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा अर्नि ? यस्तै–यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छौं ।’
गोकुलको आवा`जमा भरतमणिले बोलेको यो डाइलग टिकटकमा यति चल्यो कि धेरैको जिभ्रोमै झुण्डियो । सोही प्रहसनमा भरतले गरेको राजा ज्ञानेन्द्र, रामनारायण बिडारी, राजेन्द्र महतो`लगायतको क्यारिकेचर पनि कम्ति टेसिलो थिएन । त्यसपछिका एपिसोडमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन् ।
भरत`मणिले गरेको पारसको क्यारिकेचरका बारेमा त धेरै चर्चा भइसकेको छ । यसमा उनले पारसको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्त उतारेका छन् । उनले पारस`का हुलियामा गरेको डान्स स्टेप टिकटकमा भाइरल भएको छ।
उनको प्रस्तुती पा`रसले पनि हेरेका छन् । क्यारिकेचर हेरे`पछि छक्क परेको श्रोतको भनाई छ । उनले भरमणीलाई धन्यवाद दिएका छन् । पारसले उन`लाई फोन गरेर धन्यवाद दिएका हुन् ।
ठूलो दायरामा काम गर्छन् भरतमणि । खासमा उनी कमेडी`का प्याकेज हुन् । त्यसमा पनि उनको सबैभन्दा बलियो पक्ष क्यारिकेचर हो । आजकाल क्यारि`केचर गर्ने कलाकारहरु धेरै जन्मेकाले यो विधा`लाई हल्का रुपमा पनि लिन थालिएको छ ।
तर, कमेडीमा यो एउटा कठिन विधा हो । एकछिन सोचेर अरुको बोली र हाउभाउको दुरुस्त नक्कल उतार्न सकिँदैन । यसका निम्ति कलाकारले खर्चेको समय र मिहिनेत दर्शकले देख्दैनन् ।
पूर्वराजा ज्ञानेन्द्र, केपी ओली, प्रचण्ड, देउवा, माधव नेपालजस्ता नेताहरुको क्यारि`केचर गर्ने धेरै कलाकार छन् । उनीहरुको क्यारि`केचर हेर्दाहेर्दा दर्शक नै बोर भइसके । भरतमणिले भने पूवयुवराज पारसदेखि रामना`रायण विडारी, पुण्य गौतम मात्र नभएर हिमेस पन्त`सम्मको क्यारिकेचर गरेर दर्शक`लाई नयाँ स्वाद दिएका छन् ।
भरतमणि कमेडीको फुल डोज पस्किन सक्छन् । उनको प्रस्तु`तिमा विविधता भेटिन्छ । कमेडी च्याम्पि`यन जिते पनि वा नजिते पनि उनी लामो रेसका घोडा हुन् । भोलीका दिन नेपाली रंगमञ्चमा छाउन सक्ने सम्भावना बोकेका कला`कार हुन् उनी ।
प्रतिकृया दिनुहोस्