Thursday, December 7

भारतमणिले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि ! यस्तो देखियो माहोल (भिडियो सहित)

September 19, 2021 1072

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरत`मणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

भरत`मणी पौडेल विभिन्न नेता तथा कला`कारको क्यारिकेचर गरेर चर्चामा थिए । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगा`यतको क्यारि`केचर गरेर दर्शकको मन जितेका थिए ।

सम`सामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शक`लाई आकर्षित गरेको थियो । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा थिए ।प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले भनिसकेका थिए कि, ‘कमेडी च्याम्पियन सिजन-२ जिते पनि नजिते पनि भरत`मणिले बाजी मारी सके।’

भरतमणिको क्षमता र चर्चा हेर्दा हो पनि। भरतमणि सिजन-२ मा अरूमाथि हाबी भएका कलाकार थिए। उनी मिमिक्रीमा निपूण छन्। पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटी`जस्ता प्रस्तुति निकै रूचाइए।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका छन्। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिता`भर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्व`अनुभवले पनि साथ दियो। ताप्लेजुङ`वासी उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’ कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौं`सम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलि`शृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रम`समेत चलाएका थिए।

यस्तै अनु`भवले उनलाई कमेडी च्याम्पिय`नमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। पटक-पटक ‘पर्फमर अफ द शो’ बनेका उनी कमेडी च्याम्पियन बन्न सफल भए।

भरतमणि आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् । उनी, सामाजिक संजालमा टिप्पणी भए जस्तो आफूले मुख बङ्ग्याएर अभिनय नगरेको बताउँछन् । उनले भने–‘सबै कुरा क्यारिकेचरको मात्र होइन । मैले प्रस्तुत गरेका विषयलाई दर्शकले मन पराउनुभएको छ । मसँग पैसा छैन ।

तर, पनि देश तथा विदेशबाट मेरो प्रस्तुति मन पराएर दर्शकले भोट गरिदिनुभएको छ । मैले, उत्कृष्ट २४ मा पुगेपछि हरेक साता वेष्ट गर्ने कोशिश गरेको छु । कुनै साता मेरो प्रस्तुति तल त कहिले माथि भयो होला । तर, मैले एकनाशले सबै कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने कोशिश गरिरहेको छु ।’

पारस शाह बन्नका लागि भरत`मणिले डेढ बर्ष अगाडि नै सोचेका थिए । तर, कुनै पनि पात्रको चरित्र निर्वाह गर्नका लागि पहिले आफूमा निपुणता आउनुपर्ने बुझेका भरतले कमेडी च्याम्पियनको स्टेज पाए`पछि मौका गुमाउन चाहेनन् । उनले भने– ‘म एउटा राम्रो स्टेजको पर्खाइमा थिएँ । कमेडी च्याम्पि`यनको स्टेज भन्दा अर्को उत्कृष्ट ठाउँ नै थिएन । यसैले, यही स्टेजमा पारस शाहको अभिनय गरेको हुँ ।’

भरतले पारसको हाउ`भाउ र बोली दुरुस्तै उतार्नका लागि शुरुमा उनका अन्तरवार्ताहरु हेरेका थिए । उनले भने–‘मैले उहाँको बोल्ने, हिंड्ने, नाच्ने सबै शैली`हरुलाई सूक्ष्म रुपमा अध्ययन गरेको थिएँ । पारस शाह युवराज हुँदा र अहिले खासै बदलिनु`भएको छ भन्ने मलाई लाग्दैन । शायद, त्यो समयको भिडियो सार्वजनिक नभएर पनि धेरैलाई यस्तो लागेको हुनसक्छ ।’

पारस शाहको लबज निकाल्न भने समय ला`गेको भरत बताउँछन् । अरु, नेताहरुको जसरी उनले अभ्यास गर्थे, पारस शाहको पनि त्यसरी नै अभ्यास गरें । सुरुमा आफूले पारसको स्व`रमा बढी ध्यान दिएको भरत`मणि बताउँछन् ।

भरतमणि आफूले कहिल्यै पनि स्टेजमा कोशिश नगरेको बताए । उनले भने–‘म स्टेजमा गएर कोशिश गर्न नै चाहन्नँ । कहिलेकाहीं आफूले उत्कृष्ट प्रस्तुति दिन खोज्दा त्यो कोशिश जस्तो भैदिन्छ ।’

भरतमणिले फाइनलमा प्रवेश गर्नु पूर्व पारस शाहको चरित्र निर्वाह गरेपछि धेरैले उनलाई ‘शक्तिशाली अस्त्र’ प्रयोग गरेको भनेर प्रतिक्रिया दिइरहेका छन् ।

तर, भरतको प्रस्तु`तिको ट्रेलर मात्र सार्व`जनिक हुँदा कतिपयले उनलाई राजपरिवारको खिल्ली उडाउन खोजेको भनेर आरोप समेत लगाएका थिए । तर, पूरा कार्य`क्रम प्रसारण भएपछि भने भरतले प्रशंसा नै प्रशंसा पाएका छन् । उनले भने–‘शायद, मेरो स्ट्यान्ड अप कमेडी हेरेपछि पूर्व यूवराज पारस शाह पनि खुशी हुनुहुन्छ होला ।’

यहाँ थिचेर भिडियो हेर्नु`होस

प्रतिकृया दिनुहोस्