तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा ख`सेर गत मङ्गलबार बे’प’त्ता भएकी एक युवतीको श|व आठ दिनपछि फेला परेको छ ।
टिकटक बनाउने बहानामा शुक्ला`गण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा ख’सेकी सोही ठाउँकी युवती आज मृ`त अवस्थामा फेला परेकी हुन् ।
१९ वर्षीया पवित्रा लम्सालको श`व भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घा|टमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्र|हरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जान`कारी दिनुभयो ।
सेती नदी किनारमा श`व देखेपछि स्थानीयवासीले प्रह`रीलाई खबर गरेका थिए । मृ`तकको शव आफन्तले पहिचान गरेका छन् । “शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।
विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथी`हरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घट`नाका बारेमा अनुसन्धान भइरहेको प्रह`रीले जनाएको छ । – ताजा खबर
प्रतिकृया दिनुहोस्