Wednesday, November 29

भरतमोहन अधिकारीकी छोरी लिमा माधवको एकीकृत समाजवादीमा

September 25, 2021 952

वरिष्ठ वामपन्थी नेता एवम् पूर्व`अर्थमन्त्री स्व. भरतमोहन अधिकारी`की छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्।लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाज|वादीबाट राजनीति गर्ने भएकी हुन्।

पार्टीले उनलाई बागमती प्रदेश कमिटी सदस्य`सहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।लीमा यसअघि भरत`मोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा स`क्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महा`सचिव समेत हुन्।

अधिकारीले ठूलोबुबा (पूर्व`प्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियान`लाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।

मनमोहन प्रधान`मन्त्री र भरतमोहन अर्थमन्त्री रहनु`भएको एमालेको नौ महिने सरकारले ल्याएका सामा`जिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घर`जग्गाको स्वामि`त्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’,

अधिकारीले भनिन्, ‘तर मुलुकको आ|र्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामी`जस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’ लीमा भरत`मोहनका तीनमध्ये माहि`ली छोरी हुन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्