काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठ`माडौंको आकाशमा होल्ड भएको जहाज सकु`शल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएकाे छ।
जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो।
ल्याण्डिङ गियर नखुलेका कारण विमानले आ`काशमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खु`लेको देखिएपछि विमान`को सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।
‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिके|टर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिक`ठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहन`शिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्यो’, विज्ञप्तिमा अगाडि भनिएको छ,
‘काठमाडौं आका`शमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्नि`कल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेक`जाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमान`स्थलमा सुरक्षित`साथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’
काठमाडौंबाट विराट`नगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जान`कारी दिएको छ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमान`स्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्या`लयले जनाएको छ। जहाजको ल्याण्डिङ गिय`रमा सम|स्या देखिनाथ जहाज`लाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्