ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंक’लाइनमा भीषण आगलागी भएको छ । शुक्रबार राति अबेरसम्म आग’लागीबाट ८ घर जलेका छन् । राति करिब १० बजेबाट भण्डारी खाजा’घर छेउबाट सुरु भएको आ’गो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म पुगेको छ ।
आ’गो नियन्त्रण गर्न अहिले दक्षिणतर्फ राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुंगानाको दूध डेरी आंशिक रुपमा भत्काइए’को छ। फुङलिङ नगरपालिकाको दमकलले आ’गो नियन्त्रमा लिने प्रयास गरिएको थियो । नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले त्यसमा सहयोग गरेका थिए ।
अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरमा लागेको आ’गो दमकलले नियन्त्रमा लिईएको हो । अगोलागीबाट खड्ग थापा, भट्टराई चिया पसल, खेम के।सी।, सरस्वती बुक एन्ड स्टेसनरी, नेत्र कार्कीलगायतका घर जलेका छन्। आगलागी’बाट विवरण कति भएको छ यकिन भइसकेको छैन । -अन्नपुर्ण पोष्टबाट
यहाँ थिचेर भिडियो हेर्नुहोस ।।
प्रतिकृया दिनुहोस्