Thursday, December 7

दुर्घट`नाबाट बचेको बुद्ध एयरको जहाजमा पूर्वराजा ज्ञानेन्द्र र कोमल पनि थिए ? यस्तो छ वास्तविकता

September 28, 2021 16476

काठमाडौंबाट विराट`नगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर पुनः काठमाडौं फर्किइयो । झण्डै दुई घण्टा आकाशमा ‘होल्ड’ गरेपछि जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान`स्थलमा सुरक्षित अवतरण गराइएको छ ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहा`जमा चालक दलका सदस्यसहित ७७ यात्रु सवार थिए । सुरक्षित अवतरण गरेपछि क्याप्टेन शेर्पासहितको टोली`लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीले स्वागत गरेका छन् ।

जहाज`बाट ओर्लिएका क्याप्टेन शेर्पा`लाई अंकमाल गर्दै सबैको शुभेक्षा प्रकट गरेका छन् । शेर्पाको साहसिक, धैर्यवान र कुशल कार्यले नै ७७ जनाको सुरक्षित फर्किएका हुन् ।

तर, सोमबार साँझबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा`सहित बुद्ध एयरका कर्म`चारीसहितको एउटा तस्वीर भाइरल भएको छ । के पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल त्यो जहाजमा थिए ? स्वदेश नेपालले फ्याक्ट चेक गरेको छ ।

फेसबुकको एउटा ग्रुपमा प्रेम कोइराला लेख्छन्, ‘काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा सवार राजारानीसहित सम्पूर्णको जीवन सुरक्षित रह्यो, राजारानीसँगै रहेकाले प्रायः व्यक्तिहरूलाई ठुक्क थियो, जहाँ राजा छन्, त्यहाँ भगवान रहन्छन् । जय देश जय नरेश ।’

फेसबुकमै पार्वती थापाले लेखेकी छिन्, ‘साहसी क्याप्टेन आङगेलु शर्पाज्यू नमन! आज बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने भगवान!’ उनले पनि पूर्वराजा ज्ञानेन्द्रको तस्वीर पोस्ट गरेकी छिन् ।

फेसबुकमा अर्को पोस्ट छ, विशाल राजभण्डारीको । उनी लेख्छन्, ‘जहाँ राजारानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही सावित भयो । आजको बुद्ध एयरमा राजारानी पनि सवार थिए, त्यही भएर भगवान श्री पशुपतिनाथको कृपाले दुर्घटना हुनुबाट जोगियो ।’

के ज्ञानेन्द्र र कोमल विमानमा थिए ?

दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल अवतरण भयो । त्यसपछि सबै यात्रु गन्तव्यतिर लागे । कोही भिआइपी छन् कि भन्ने चासो थियो । किनभने दिउसोको कार्यक्रमका लागि राजनीतिक दलका नेताहरू बिहानै विराटनगर जाने गरेका छन् ।

अब कुरा गरौं भाइरल भएको तस्वीरको । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग क्याप्टेन शेर्पाले फोटो खिचेका रहेछन् । तर, सोमबार होइन । भाइरल भइरहेकामध्ये एक तस्वीरमा सन् २०१० अक्टुबर ११ तारिख उल्लेख छ ।

अर्को तस्वीर सन् २०१२ तिरको भन्ने बुझिएको छ । त्यस कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको उक्त तस्वीर सोमबारको नभएको पुष्टि भएको छ ।

कहाँ छन् ज्ञानेन्द्र ?

फोटो भाइरल भएपछि स्वदेश नेपालले पूर्वराजाका सञ्चार सचिव फणिराज पाठकलाई सम्पर्क गरेको थियो । पाठकले पूर्वराजा ज्ञानेन्द्र काठमाडौंमै रहेको बताए । साथै ज्ञानेन्द्र उक्त जहाजमा नरहेको पनि पुष्टि गरे ।

त्यसैले सोमबार भाइरल भइ`रहेको तस्वीर पूरानो हो भन्ने पुष्टि हुन्छ । यद्यपि, नेपालमा राजतन्त्र गए पनि ज्ञानेन्द्र पक्षधर सानो जमात अहिले पनि छ । ज्ञानेन्द्रका अनेक तस्वीर भाइरल बनाउने काम सोही समूहको हो ।

यसअघि, जहाज विराट`नगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो । विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमान`स्थलमा राखिएको थियो ।

ल्याण्डिङ गियर नखुलेका कारण विमानले आका`शमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो ।

तर, जहाजलाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरू बताउँछन् ।

‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ।

‘काठमाडौं आकाशमा आइसके`पछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्त`र्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमान`स्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो,’ विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं`बाट विराटनगर उडेको कल साइन नाइन एन–एएनआई, उडान संख्या यु ४ ७०१ जहाजमा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ। – स्वदेश नेपाल बाट

प्रतिकृया दिनुहोस्