Thursday, December 7

किरणलाई नेपाल प्रवेशमा रोक, नेपाल छिर्न नपाएपछि अमेरिकानै फर्किए किरण गजमेर

September 29, 2021 1449

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर`लाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थल`बाटै अमेरिका फर्कि`एका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।

किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशा`ज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी ब`सेकाले जरिवाना समेत तिरेका थिए ।किरण सोम`बार कतार एयरको क्युआर ६५० नम्बरको उडान`बाट नेपाल आएका थिए ।

श्रोतका अनुसार, किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरि`वाना समेत तिरेका थिए । तर, यस|पटक नेपाल आउँदा उनले जरि$वाना तिरेको अपडेट विमानस्थलमा नभै`सकेको र अपडेटका लागि केही समय लाग्ने भए`पछि किरण अमेरिकानै फर्किएका हुन् ।

किरण|लाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार, अध्यागमन विभागले अप`डेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ ।

किरण नेपालको भुटानी शर|णार्थी शिविरमा जन्मिएका हुन् । तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थी`हरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए ।

भुटानी शर`णार्थी शिविर`बाट उठेर किरणले गायन क्षेत्रमा आफ्नो नयाँ परिचय बनाइरहेका छन् । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बन्दै किरणले नेपाली सांगी`तिक क्षेत्रलाई विदेशमा समेत चिना|उन ठूलो भूमिका खेलेका छन् । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्