दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्व`साधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजन`लाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलि`कोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।
सेनाको कल्याण`कारी सुविधाअन्तर्गत घर बिदामा जाने बहाल`वाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहाली`सँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याण`कारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।
नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनि`कका आश्रित परिवारलाई बस र हेलिकप्टर`बाट निशुल्क रुपमा पठाउन थालेको जन`सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
असोज १८ देखि नै सेनाका आश्रित परिवार`लाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटी`लाई बताए । यस्तो सहुलियतपूर्ण याता`यात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए । – रातोपाटी
जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ ।
अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् । – रातोपाटी
प्रतिकृया दिनुहोस्