Saturday, October 16

तल्ला घरमा त हिजोदेखि नै मासु खाइराछन् , हामी मासु खाने हैन र आमा ?

October 13, 2021 397

आमा आज दशैं हैन र ?”
मासु खाने हैन र आज ? थालमा पस्केको पहेंलो मकैको भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मैले‌ भने‌ ।

आमा अर्को थालमा भात पस्किदै भन्नु भो :
“आज नवमी हो नि !
मा|सु त दश`मिमा पो खान्छन त !
भोलि खाने हो मासु ।”

आठ वर्षको म फेरि बोले :
“तल्ला घरमा त अनि हिजो देखि नै मासु खाइरा छन त ?”
छेउमै बसेकी दिदी ले क`राउदै भनी :
“उनिहरूको छ र खान्छन नि…
के सारो कचकच गर्दो रहेछ !
खुरुक्क खा अनि गएर पढ ”

म अबोध बालक आमाले‌ भनेसी टाउको हल्लाउँदै खा`ना खाए !
म आमासँगै सुत्थे ! राति १० बजेतिर मेरो एक निन्द्रा पुगी`सकेको थियो, दिदीको कोठाबाट आएको गुनगुन आवाजले म झसङ्ग बिउँझिए ।

आमा भन्दै हुनुहुन्थ्यो :
“भाइलाई मासु खान मन लागेछ !
त संग कति छ पैसा ?”
दिदीले भन्दै थि :
तेसैको school fee का लागी भनेर जो`गाको २० रुपैयाँ अनि तपाईको दबा`ईको लागी भनेर राखेको २० त छ नि !

आमाले फेरि भन्दै हुनुहुन्थ्यो :
“खड्काले बाकी दिदैन आधि किलो मासु ?
बेकारमा अस्ति घरको कुखुरा बेचियो ।”

दिदीले भनि :
कहा दिन्छ त्यस्ले बांकी !
फेरि दुई दिन नभई माग्न आईहाल्छ ।
का बाट तिर्नु फेरी !
त्यो कुखुरा बेचेर त अहिले सम्म मकैको भात खान पाइ|ईएको छ नि ।

आमा, सुस्केरा हाल्दै :
“जिद्दी गर्छ भोलि ,‌मासु खै भनेर !
मेरो दबाई पछि किन्दा हुछ ।
भोलि बिहान २० रुपैयाँ को एक पाउ मा`सु लिएर आइज!” भन्दै आमा Bed तिर आउनु भयो ।

आमा आउनु भएको देखेर म निदा`एको Acting गरे !
आमा सिरक आधी ओढेर खै के सोच्दै हुनु`हुन्थ्यो !
म आमा‌`तिर फर्किदै भने :
“आमा ! दशैंमा मासु खानै पर्ने हो र ?”

आमा झ्यास्स हुदै भन्नु भो :
“निदाको छैनस अझैं ?”
मैले जिद्दी गर्दै भने :
“भन्नु न आमा , दशैंमा मासु खानै पर्ने हो र ?

आमाले मेरो टाउको मुसार्दै भन्नु भो :
“सबैले खाने भएर , खानै पर्ने भएको हो`लानि बाबु !”
मैले भने : “तेसो भए यो वर्ष हामी नखादा हुन्न र भन्या ?”

आमाले मेरो मुखमा एक टक हेर्दै भन्नु भो :
“तलाई खान मन लागेको छ , भन्या हैनस अगि ?”
मैले आमाको का|खमा टाउको राख्दै भने :

” अगि तल्लो घरमा देख्या थिए मासु,
कस्तो उल्टि नै आयो !
त्यस्तो घिन`लाग्दो मासु नखाने अब म !
त्यो मासु भन्दा हाम्रो घरको साग कति मिठो – मिठो !!
सागपात ले आंखा पनि त तेजि`लो हुन्छ, हैन त आमा ?”

आमा मुस्कुराउदै भन्नु भयो :
“कति ग्यानी भा को छोरा । Cr- Ashok Kc

प्रतिकृया दिनुहोस्