जापानले आकाशमा उड्ने मोटर`साइकल निर्माण गरेको छ । एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आ`काशमा उड्ने मोटर`साइकल बनाएको हो ।
यो बाइकमा उडेर यात्रा गर्न चाहने हो भने करिब आठ करोड १६ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने छ । जापान`मा यसको मूल्य ६ लाख ८० हजार डलर तोकिएको छ ।
होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवा`रदेखि जापानी बजारमा उपलब्ध गराएको निर्माता एएलआई टेक्नोल`जीजले मानिसहरूले अब कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ ।
कम्पनीको लगानी`कर्ता मित्सुबिसी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा रहेको बीबीसीले जनाएको छ । एक पटक चार्ज गरेपछि यो बाइक एक सय किलोमिटर प्रति`घण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने पनि कम्पनीले जनाएको छ ।
आउँदो वर्षको मध्य`सम्ममा एक जना चढ्न मिल्ने तीन सय केजी तौल भएका दुई सय वटा होभर`बाइक उत्पादन गर्ने पनि उक्त कम्पनीले जनाएको छ ।
देशका व्यस्त सडकमाथि`बाट उड्न अनुमति नदिने विद्यमान जा`पानी कानुनका कारण टोकियो जस्ता शहरमा भने उडान अनुमति पाउन गाह्रो हुने देखिन्छ । यद्यपि, उद्धार कार्यमा खटिने टोलीले उड्ने बाइक प्रयोग गर्न सक्ने कम्पनीले अपे`क्षा गरेको छ ।
प्रतिकृया दिनुहोस्