नेपाल आयल निगमले पेट्रोलियम प`दार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलि/यम पदार्थको मूल्य वृद्धि गरिएको जान`कारी दिएको हो ।
निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुने`गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।
जसअनुसार अब पेट्रोल`को खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पका|उने ग्यासको प्रति`सिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ ।
योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।
त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा सा`बिकको बिक्री मूल्यमा प्रति`लिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय भएको छ भने अन्त`र्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमे`रिकी डलर ८५३ पुगेको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्