Thursday, December 7

काठमाडौको पशुपतीनाथ मन्दिरमा अनुपम खेरले भेटे भिख माग्दै गरेकी किशोरी, गरे पढाइ खर्च व्यहोर्ने घोषणा (भिडियो हेर्नु`स्)

November 4, 2021 8237

हिन्दी फिल्म उचाई को छायाँ`कनका लागि नेपाल आएका बलिउड अभिनेता अनुपम खेरले काठ`माडौको पशुपती मन्दीर क्षेत्रमा एक भारतीय किशोरी भेटे ।

उचाइको छायाँक`नका लागि खेर लगायतका भारतीय कलाकारको टोली नेपाल आएको थियो । नेपालका विभिन्न ठाउँमा उनी`हरूको टोलीले छायाँकन गर्‍यो। यसबीच अनुपम खेरले नेपालमा एक भारतीय किशोरीलाई पढाइको जिम्मा लिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराएका छने । नेपालमा रहँदा सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय रहेका उनले विभिन्न ठाउँमा भेटेका व्यक्ति`हरूसँग कुरा`कानी गरेका, केटाकेटीलाई आफ्नी आमाले बुनेका स्विटर बाँडेको जस्ता केही भिडिओ सेयर पनि गरेका थिए।

यही क्रममा मंगल`बार बिहान उनले एक भिडिओ सेयर गरे। उक्त भिडिओमा उनले काठमाडौंको एक मन्दिर अगाडि भिख माग्दै हिँड्ने एउटी किशोरीसँग कुरा`कानी गरिरहेका छन्।

कुरा`कानीकै क्रममा आरती नामकी ती किशोरी आफु भारतकै राज`स्थानबाट आएको अनुपमलाई बताउँछिन् । तर उनलाई अस्वभाविक तब लाग्यो जब आरतीले उनीसँग अंग्रेजीमा कुरा गरिन्। उनले अंग्रेजीमै ुमेरो नाम आरती हो र तपाईंलाई भेट्दा साह्रै उत्साहि`त भएकी छुु भन्छिन्। उनले सार्वजनिक गरेको भिडियोमा भएको सम्बाद यस्तो छ ।

अनुपम खेरले सोध्छन्, तिमी कहाँबाट आएकी हौ ? आरती भन्छिन्, म भारतको राजस्थान`बाट आएकी हुँ। यत्तिको राम्रो अंग्रेजी कसरी बोल्न आयो ? अनुपम खेर सोध्छन्।आरती`ले धन्यवाद भन्दै आफू मागेर जीविका चलाउने र कहिल्यै पनि स्कुल नगएको बताउँछि`न्। नेपालमा मागेर हिँड्दै गर्दा नै आफूले अंग्रेजी जानेको बताउँछिन्।

अनुपम खेरले उन`लाई बरू काम गरेर खानू नि, किन माग्ने भन्छन्। आरती भन्छिन्, ‘किनकी म गरिब परि`वारबाट आएकी हुँ। मसँग केही छैन।’ फेरि अनुपम खेरले उन`लाई यति राम्रो अंग्रेजी बोल्छौ, कसैले तिमीलाई काम दिइ`हाल्छ नि भन्छन्।

आरती यसको सफा`इ दिँदै भन्छिन्, मलाई यहाँ कसैले काम दिँदैन। तिमी भारतीय हौ, आफ्नै देश जाऊ, किन यहाँ आएकी भन्छन्।
‘उसो भए तिमी यहाँ किन आएकी त,’ अनुपम खेरले सोध्छन्।

आरतीले भार`तमा पनि यस्तै समस्या भएको, पर्यटकहरू नभएको र कसैले सहयोग नगर्ने बताउँछिन्। नेपाल`मा भने केही राम्रो अवस्था भएको, सहयोगी मान्छे भए`काले आएकी भन्छिन्।

उनले आफू कहिल्यै स्कुल नग`एको तर जान मन भएको पनि बताउँछिन्। कसैले सह`योग गरे आफू स्कुल जाने भन्दै उनी भन्छिन्, ‘म मान्छेहरू`लाई पनि म स्कुल जान चाहन्छु, सहयोग गर्नुहोस् भन्छु। तर कसैले गर्दैन।’

यसपछि अनुपम खेरले उनको फोन नम्बर लिन्छन् र उनलाई स्कुल पठाउने भन्छन्। आर`तीले निकै खुसी भएको बताउँदै धेरै`पटक उनलाई धन्यवाद दिन्छिन्।

‘म स्कुल गएँ भने मेरो जीवन, परि`वारको अवस्था सबै राम्रो हुन्छ भन्ने थाहा छ। म मेहनत गरेर पढ्नेछु,’ आरती भन्छिन्, ‘त्यसैले मलाई अरू केही चाहिँदैन, स्कुल जान पाए पुग्छ।’ अनु`पम खेरले आफ्नो फाउन्डेसन`मार्फत् आरतीलाई चाँडै स्कुल पठाउने बाचा गर्छन्। र आरतीलाई पनि राम्ररी पढ्ने बाचा गर भन्छन्।

यहाँ थिचेर भिडियो हेर्नु`होस

प्रतिकृया दिनुहोस्