तिहारको सामान किन्न एकै स्कुटरमा सवार दिदीभाइलाई ट्रकले ठक्क`र दिएको छ। दिदीभाइ सवार स्कुटरलाई मालबाहक ट्र`कले ठक्क`र दिँदा भाइले ज्या`न गु`माएका छन्।
नेपालगञ्ज-सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलोब्यूरे`नीमा बिहीबार मालबाहक ट्रकले स्कुटरलाई ठक्कर नेपाली सेनामा कार्यरत भाइको ज्या`न गएको हो।
ट्रकले हान्दा स्कुटर हाँकिरहेका भेरीगंगा नगरपालिका–१२ छिन्चु निवासी २६ वर्षीय रविन राना मगरको मृ त्यु भएको छ।जिल्ला प्रह`री कार्यालय, सुर्खेतका अनुसार रविनकी दिदी रानी राना मगर गम्भी`र घाइ`ते भएकी छन्। उनको अहिले कर्णाली प्रदेश अस्प`तालको आइसीयूमा राखेर उप`चार हुँदैछ।
तिहारको सामान किन्न छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले ठक्क`र दिएको थियो।
दु`र्घट`ना ट्रक चालक फरार भएका छन्। नेपाली सेनामा कार्यरत रविनले चार वर्षदेखि तिहारमा दिदीको हातबाट टीक लगाउन पाएका थिएनन्।
चार वर्षअघि नेपाली सेनामा लागेका उनी रूकुम पश्चिमस्थित सैनिक गणमा कार्यरत थिए। लक्ष्मीपूजाको दिन बिहीबार उनी तिहारको बिदा लिएर छिन्चुस्थित घर पुगेका थिए।
रविन पुगेपछ दिदी भाइ नै तिहारको सामान किन्न दिउँसो वीरेन्द्रनगर लागेका थिए। सेनामा भर्ती भएयता यी दिदीभाइले तिहारको टीका लगाउन पाएका थिएनन्।
तिहारको सामान किन्न वीरेन्द्रनगर नगरपालिका–११ स्थित ठूलो व्युरेनीमा पुगेको अवस्थामा उनीहरुलाई ट्रकले हाने`को थियो। ट्रकको ठक्करबाट रविनको घटना`स्थलमै मृ`त्यु भएको थियो।
रविनले यही दशैँमा बिहे गरेका थिए। परिवारका नातेदारको निध`न भएकाले उनले श्रीमतीलाई घर भित्र्याउन पनि पाएका थिएनन्। उनले नवविवाहित दुलहीलाई छिन्चुमै राखेका थिए। अंग्रेजीमा मास्टर्स गरेकी दिदी २९ वर्षीया रानी भने छिन्चुस्थित एक निजी विद्यालयकी शिक्षिका हुन्।
प्रतिकृया दिनुहोस्