Thursday, December 7

विश्वकै २ ठूला प्रशान्त महासागर र आन्ध्र महासागर एक-आपसमा भेटिँदा पनी किन मिसिँदैन पानी ? यस्तो छ कारण

November 13, 2021 3460

काठमाडौं । पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ। पृथ्वीमा चार भागमध्ये तीन भागजति पानीले ओगटे`को छ भने करिब एकभाग मात्र जमिन रहेको छ। पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केही`मात्र हिस्सा नदी, ताल तलाउहरुको छ।

सागर भन्ने बित्तिकै चारैतिर पानीले घेरेर रहेको ठाउँलाई बुझिन्छ। पृथ्वीमा जम्मा पाँचवटा महा`सागर छन् र त्यसमध्ये सबै`भन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो। वैज्ञानिक रुपमा पनि संसारमा भएका कयौं कुराहरु पानीमा रख्यो भने बिलाएर जाने खा`लका हुन्छन्।

तर एउटा तथ्यले हामीलाई सत्य`माथि आशंका गर्ने बनाएको छ। त्यो हो, एउटै स्थानमा भेट भएर पनि प्रशान्त महासागर र आन्ध्र महासागरको पानी एक`आपसमा नमि`सिनु।

किन मिसिँदैनन् त दुई महासागरका पानी ?

विश्वकै दुई ठूला महा`सागर आन्ध्र र प्रशान्त अलास्का`को खाडीमा मिल्न पुग्छन्। तर आश्चर्य यी दुई महासागरको एकापसमा मिलन हुँदा पनि पानी भने मिसिँदैन। यो कुराले सयौं वर्षदेखि वैज्ञानिक`लाइ पनि आश्चर्य बनाएको छ।

एक आपस`मा भेट भएपनि यिनीहरु आज सम्म मिसिए`का छैनन्। यो तथ्य वर्षौंसम्म बाहिर आउन सकेको थिएन। सन् २०१० मा केन्ट स्मिथ नाम गरेका एक फोटोग्राफरले अलास्का`मा दुई महासागर भेट भएको तर नमिसिएको तस्बिर खिचेर इन्टरनेटमा राखे।

यी दुई महा`सागरको पानी नमिसिएको देखेर यसले संसार`लाई चकित बनायो। तस्बिर खिचेर सार्वजनिक गरेसँगै पानी विशेषज्ञ तथा वैज्ञानिक`हरुको खोज अनुसन्धानमा लागे।

यससँग सम्बन्धित विशेषज्ञ तथा वैज्ञानि`कले अनुसन्धान गरेर पत्ता लगाए कि प्रशान्त महासागर हिमा`लहरु पग्लेर हिमनदी हुँदै आएको पानीबाट बनेको महासागर हो।

र, आन्ध्र महासागर नुन र विभिन्न लवणीय तत्व`हरु मिलेर बनेको महासागर हो। यिनीहरु`को बनावट र उत्पत्तिको हिसाबले प्रशान्त महासागरको पानीको घनत्व कम रहेको छ भने आन्ध्र महासागरको पानीको घनत्व बढी रहेको छ।

यसका`रण पनि यी दुई महा`सागरको पानी भेट भएपनि एक आपसमा मिसिन नसकेको हो। हिमालबाट पग्लिएर आएको हुनाले प्रशान्त महासागरको पानीको रङ हल्का निलो हुन्छ भने विभिन्न लवण मिसिएर बनेको आन्ध्र महा`सागरको पा`नीको रङ गाढा निलो हुन्छ।

त्यस`कारण पनि यी दुई महा`सागरको पानी भेट भएपनि घुलमिल हुँदैनन्। यी दुई महासागर मिसिएको स्थानमा पानीको घुलन नहुँदा एउटा बारजस्तो रेखाको निर्माण हुन जान्छ। जस|लाई कयौं मानिसहरुले धार्मिक कोणबाट हेर्ने र बुझ्ने समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्