इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खे`लाइएको भन्दै जोर्डन`ले लिंग जाँचको माग गरेको छ । इरानको राष्ट्रिय फुट|बल टिमकी गोलकिपर जोहरेह कोउडे`इ पुरुष भएको भन्दै जोर्डनले एसि`याली फुटबल महासंघ )एएफसी) सँग लिंग जाँचको माग गरेको हो ।
उज्वेकिस्ता`नमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डन`लाई पेनाल्टी सुट`आउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डन“का २ पेनाल्टी बचा|एकी थिइन् ।
जोर्डनले गोल किपरको लिं`ग जाँचको माग गरेपछि एसि`याली फुटबल महासंघले यस विषयमा अनु`सन्धान गरिरहेको बताइएको छ । इरानी टिम म्यानेज`रले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेप`छि बिभिन्न बहाना खोजिरहेको आरो`प लगाएको छ ।
जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोल`किपर खेलाएको भन्दै एसि`याली फुटबल महासंघ (एएफसी) सँग उनको लैंगिक अवस्था पुष्टि गर्न माग गरेका हुन्।
जोर्डनले यस्तो माग गरेपछि एसि`याली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको बताएका छन्। फिफाका पूर्व उपाध्यक्षसमेत रहेका प्रिन्स अलीले यदि जोर्डनको आ`रोप सत्य भए निकै गम्भीर मु`द्दा भएको प्रतिक्रि`या दिएका छन्।
यसअघि पनि २००८ र २०१० मा जोहरेहले एसिया कप छनोटमा आफ्नो देशको प्रतिनि`धित्व गरेको भन्दै उनले हरेक पटक मे`डिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्ता`वेज उपलब्ध गराइएको दाबी गरे। – एजेन्सी
प्रतिकृया दिनुहोस्