टिकटक नेपालमा त्यति नै चर्चित र लोक`प्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोग`कर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो ।
यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने ध`क्का दिएको छ ।इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयो`गमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिक`टककै लागि प्रयोग हुने गर्छ ।
जुन बन्दाबन्दी`अघि सम्म जम्मा १० जीबीपीएसको हारा`हारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपी`पीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।
टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परि`वर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यस`का लागि सबै अन्तर्रा`ष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।
टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता
पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टो`रबाट टिकटक एप डाउन`लोड गर्न सकिन्छ ।
टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउन`लोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।
सन् २०१९ मा मात्र टिकटकको डाउ`नलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् ।
यही लोकप्रिय एपमा भाईरल भिडियो समा`वेश गरिएको यो भिडियो हेरौं.. भिडियो हेर्ने यहाँ थिच्नु’होस्
प्रतिकृया दिनुहोस्