आइतबार सुन र चाँदीको मूल्यमा गिरा`वट आएको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको ने`पाल सुन चाँदी व्यवसायी महा`संघले जनाएको छ ।
आज छा`पावाल सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारो`बार भइरहेको छ । गत शुक्र`बार छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी चाँदी€को मूल्य ९३ हजार २ सय रुपैयाँ छ । यस्तै, आज १२ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महा`संघले जनाएको छ । गत शुक्रबार चाँदी प्रति`तोला मूल्य १२ सय ६० रुपैयाँ थियो ।
योपनि … एक महिनापछि खुल्यो बझाङको जयपृथ्वी राजमार्ग
बझाङको जयपृथ्वी राज`मार्ग एक महिनापछि सञ्चालनमा आएको छ । असोज ३१ देखि कात्तिक ३ गते सम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले राजमार्गमा क्षति पुर्याएपछि सडक अव`रुद्ध बनेको थियो ।
सेती नदीमा आएको बाढीले नारुगौडा र जाल्या बगरको सडक`खण्ड बगाएपछि अवरु`द्ध बनेको राजमार्ग शनिबारबाट सञ्चालनमा आएको हो । नारुगौडामा बम विस्फोट गरेर र जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्ग`लाई सञ्चालनमा ल्याइ`एको प्रमुख जिल्ला अधिकारी मोहन अधिका`रीले बताउनुभयो ।
बाटो खुलेसँगै शनिबार बिहान देखि साना तथा ठूला गाडी`हरु नियमित रुपमा चल्न थालेका छन् । राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा महंगी बढ्नुका साथै कालो बजारी मौलाएको थियो ।
सडक पुनः सञ्चालनमा आएप`छि जिल्लाबाट बाहिरिने तथा भित्रने यात्रुहरुलाई समेत सहज भएको छ । यो भन्दा पहिला पैदल यात्रा गरेरै बस वा जीप भएको ठाँउसम्म पुग्नु पर्ने बाध्यता थियो ।
अहिले जाल्या$ बगरमा धार परिवर्तन गरेर सडक सञ्चाल`नमा ल्याइएको भए पनि यो दिगो नभएकाले यस प्रति सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने स्थानीय कल`कबहादुर बोहराले बताउनुभयो । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्