अमेरिकाको क्यालि`फोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछा`डिको ढोका अचानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे ।
त्यसपछि उछिट्टिएका ब्यागहरु`बाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो ।
यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले । यस क्रममा सडक पूरै जाम भयो ।
पुलिस अधि`कारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डिएगोबाट फेडरल डि`पोजित इन्स्यो`रेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले विरोध गर्दा मानिस`हरुले ड्राइभर|लाई नै कुट्न खोजे ।
क्यालि`फोर्नियाका हाइवे पट्रोल सार्जेन्ट कर्टिस मार्टिनका अनुसार ब्याग`हरुमा एक डलर र २० डलरका नोटहरु थिए । पुलिसले घटना`बारे जानकारी पाए`पछि हाइवेको दुवैतर्फ सिल गरेको थियो ।
पुलिसले घटना`स्थलबाट बाहिरिने मानिस`हरुको जाँचको लागि सडक सिल गरेको थियो । २ घण्टापछि सडक`लाई सामान्य रुपमा खोलियो ।
पुलिसले मानिसहरु`लाई डलर फिर्ता दिन अपिल गरेको थियो । यस क्रममा केहीले बटुलेका नोट फिर्ता दिए । केही भने पैसा लिएरै कार`मा बसे र फरार भए ।
पुलि`सलदे यसरी भागेका मानिसहरु`लाई त्यो पैसा फिर्ता दिन अन्यथा कानुनी कार|वाहीको लागि तयार रहन चेतावनी दिएको छ । संघीय जाँच ब्युरोले घटनाको जाँच गरिरहेको छ । डिसिनेपालबाट
तलको भिडियोमा हेर्नु`होस्…
प्रतिकृया दिनुहोस्